Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नेपाल टेलिकमको आर्थिक बर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

खबरडबली संवाददाता

ललितपुर । नेपाल टेलिकमले आर्थिक बर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस आ.व.को चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय रु. ३४ अर्व ५३ करोड २४ लाख ४२ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु. ३४ अर्व ५६ करोड २ लाख ६५ हजारको तुलनामा रु. २ करोड ७८ लाख २३ हजार (अर्थात् ०.०८ प्रतिशत) ले कमी भएको छ ।

यस आ.व. को चौथो त्रैमासिकसम्म कुल आय रु. ३८ अर्व ७३ करोड ३३ लाख ४१ हजार रहेको थियो । उक्त रकम गत आ.व. को सोहि अवधिको कुल आय रु. ४२ अर्व ११ करोड ६९ लाख १० हजारको तुलनामा रु. ३ अर्ब ३८ करोड ३५ लाख ६९ हजार (अर्थात् ८.०३ प्रतिशत) ले कमी भएको टेलिकमले जनाएको छ ।

यसैगरी चौथो त्रैमासिकसम्म (Earnings Before Interest, Taxes, Depreciation and  Amortization -EBITDA) रु. १९ अर्व २५ करोड ९१ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. १८ अर्व २ करोड ९ लाख ४४ हजारको तुलनामा रु. १ अर्ब २२ करोड ९१ लाख ४६ हजार (अर्थात् ६.८२ प्रतिशत) ले बढी हो ।

यसैगरी कर अघिको मुनाफा रु. ११ अर्व २१ करोड ६३ लाख ४८ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. ११ अर्व २५ करोड ६ लाख ५१ हजारको तुलनामा रु. ३ करोड ४३ लाख २ हजार (अर्थात् ०.३० प्रतिशत) ले कमी हो ।

चौथो त्रैमासिकसम्म खुद मुनाफा रु. २ अर्व ६६ करोड ८१ लाख ९२ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोहि अवधिको खुद मुनाफा रु. ६ अर्व २३ करोड ५५ लाख २ हजारको तुलनामा रु. ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार (अर्थात् ५७.२१ प्रतिशत) ले कमी भएको टृलकमले जनाएको छ । कम्पनीको प्रति शेयर आम्दानी (बार्षिक) रु. १४.८२ रहेको छ ।

गत आ.व. को तुलनामा यस आ.व. मा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुमा ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आ.व. को चौथो त्रैमासिकसम्मको तुलनामा करिब रु. ४१ करोड ९० लाख ७० हजार (अर्थात् १४ प्रतिशत) ले कम भएको साथै ओटीटी सेवाले कम्पनीको समग्र Voice/SMS सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको टेलिकमले कारण देखाएको छ । यसैगरी कम्पनीले गत वर्ष GSM अनुमति पत्र नवीकरणको लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको र सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि गत वर्ष रु. ४ अर्ब ९७ करोड र यस आ.व. को तेस्रो त्रैमासिकसम्म करिब रु. १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आ.व. को चौथो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब रु. ३ अर्ब ७ करोड ११ लाख ४२ हजार (अर्थात् ४५.२९ प्रतिशत) ले घटी भएको अर्को कारण टेलिकमले बताएको छ ।

यस्तै प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायक संस्थाहरुले मोबिलिटी गरी वाईफाई सेवा दिइरहेकोले मोवाइलको डाटा प्रयोगमा उल्लेखनीय कमी भएको , बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमासमेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको ,सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको, कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा यस आ.व. मा रु. १३ अर्ब १५ करोड Defined Benefit Assets मा थप रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको कारणले पनि आय घटेको टेलिकमको भनाई छ ।

यसैगरी कम्पनीले गत वर्षसम्म Contingent Liabilitiesमा देखाएको कर लगायतका केही मुद्दाहरुको यस आ.व.मा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आ.व.मा व्यवस्था गरिएको, कम्पनीले यस त्रैमासिकमा ऋण लगानीमा थप नोक्सानी व्यवस्था (Expected Credit Loss) गरिएको छ ।

त्यसैगरी अन्य सम्पत्तिमा पनि यस त्रैमासिकमा थप नोक्सानी व्यवस्था गरिएको विबरणमा उल्लेख छ । यसैगरी कम्पनीले नेपाल लेखामान १९ अनुसारको कर्मचारीको निवृत्तिभरणको व्यवस्था हिसाबको लागि अनुमानित छुट दर हालको वित्तीय बजारस्थिति तथा अपेक्षित प्रतिफलमा देखिएको गिरावटका कारण ७.५% बाट ७% मा घटेकोले कर्मचारीको निवृत्तिभरणको व्यवस्था बढेकोले पनि राजश्व तथा खुद मुनाफामा घटेको टेलिकमले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending