Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

विप्लवले भने- युवाहरुलाई आशाको सन्देश दिन ०८४ को चुनावमा भाग लिन्छौं

खबरडबली संवाददाता

कर्णाली। नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको बताएका छन्।

अखिल (समाजवादी) र युवा संगठन कर्णाली प्रदेशद्वारा  सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामा उनले युवा जनशक्तिमा भरिएको निराशाले विदेसिने क्रम बढ्दै गएको बताए। महासचिव चन्दले भ्रष्टाचार ‘क्रोनिक’ रोगका रूपमा फैलिँदै जाँदा मुलकको समृद्धि र विकासको बाधक बनेको जिकिर गरे।

‘जनताको पुँजी शोषण गर्ने व्यवस्थाका कारण लाखौँ नेपाली जनता ऋण बोकेर सडकमा छन्’, उनले भने, ‘जीवन व्यवहारमा लागू नगरिँदा पछिल्लो समय समाजवादको बहस पनि अरुचिको विषय बन्दै गएको छ । यो चिन्ताको विषय हो।’

आफ्नो पार्टीले तीन वर्षयता कृषि क्रान्तिबाट आर्थिक समृद्धि ल्याउने र आत्मनिर्भर बनाउने अभियानलाई अगाडि बढाएको बताउँदै महासचिव चन्दले अब उद्योगको थालनी गर्ने योजना सुनाए।

महासचिव चन्दले आफ्नो पालाको युवा गरिबी, अशिक्षा, भोकमरी, सामाजिक असमानता र दमनविरुद्ध विद्रोह गरी आजको व्यवस्था ल्याउन सफल हुँदा आजका युवा पीडा, कुण्ठा पोख्ने, गुनासो गर्ने र पैसाका लागि पलायन हुने सोचबाट ग्रसित हुँदै गएको टिप्पणी गरे। आशाको सन्देश प्रवाह गर्न आफ्नो पार्टीले आगामी ०८४ सालको चुनावमा भाग लिने उनको भनाइ थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending