Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

विश्वकै दुर्लभ ‘हिमालयन वुड आउल’ चरा इलामको थुम्केरानीमा भेटियो

खबरडबली संवाददाता

इलाम। विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी  इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा भेटिएको छ । 

विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी झापाका वाइल्ड लाइफ फोटोग्रफर देवेन खरेल र कोशी बर्ड सोसाइटीका पूर्व अध्यक्ष अनिश तिम्सिनाले थुम्केरानी क्षेत्रमा क्यामेरामा कैद गरेको हो । 

उल्लु परिवार भित्रको वैज्ञानिक नाम ‘हिमालयन वुड आउल’ भएको चराको जोडी खोज अवलोकनका क्रममा फेला पार्न सफ भएको वाइल्ड लाइफ फोटोग्राफर खरेलले जानकारी दिए। 

भारत, पाकिस्थानको पश्चिमी हिलाम हुँदै नेपाल, भुटान र पूर्वी तिब्बत, उत्तरपूर्वी म्यान्मार, चिन, कोरिया र ताइवानका केहि भागमा उक्त चरा पाइने गरिएको फोटोग्राफर खरेलले जानकारी दिनु भयो । नेपालमा उक्त चरा दुर्लभ रूपमा मात्र देखिने गरिएको छ । नेपालको मध्य देखि उच्च पहाडी वन क्षेत्रमा स्थाई रूपमा उक्त चरा पाइने गरिन्छ । 

उक्त चरा लगभग एक हजार मिटरदेखि तीन हजार छ सय मिटरको उचाइमा सल्ला, लोठ सल्ला र गुराँसको वनमा पाइने गरिएको चराको खोजकर्ताले दिएको जानकारीमा उल्लेख छ ।

यस पटक थुम्केरानी क्षेत्रको दुई हजार तीन सय ५० मिटरको उचाइमा उक्त चरा पाइने अभिलेख राख्न सफल भएको कोशी बर्ड सोसाइटीका पूर्व अध्यक्ष तिम्सिनाले जानकारी दिए। 

कानको झुप्पा नदेखिने, गोलो टाउको भएको, खैरो  र सेतो छरिएको अनुहार, खैरो शरीर, सेतो पेटमा पातलो खैरो धर्सा र पङ्खामा बार उक्त चराको शरीर रहेको हुन्छ । बाहिरी रूपमा मलाहा हुचिल जस्तो टाउकोको रूप देखिए पनि रङ र आवाजमा फरक हुन्छ ।

गहिरो दुई नोटको हू–हू शैलीको स्वर जोडीले एक आपसमा उत्तर दिने प्रकारले निकाल्ने गरेको पाइन्छ । उक्त चरा साँझ र राति सक्रिय रहने गरेको र यी चराले मुसा, भ्यागुता, साना चरा, रातका पुतली र ठुला कीरा आहार गर्ने गरेको फोटोग्राफर खरेलले जानकारी दिए ।

उक्त चराले हिउँदको अन्त्य देखि वसन्त ऋतु सम्म प्रजनन गर्ने गरेको पाइन्छ । रुखका खोच वा ढुङ्गाको पाटमा अण्डा पारी बच्चा कोरल्ने गर्दछ । विश्वव्यापी रूपमा उक्त चरा स्वस्थ वनमा आश्रित रहेकाले वन विनासलगायतका कारण बासस्थान टुक्रिदै जादा विश्वमै  दुर्लभ बन्दै गएको पाइन्छ । 

वाइल्डलाइफ फोटोग्राफर खरेल र तिम्सिनाको जोडीले यस पटक बर्खे चरा खोजने क्रममा इलामको माईजोगमाई सहित जिल्लाको पूर्वी लेकाली क्षेत्रमा एक सय ३० प्रजातीका चरा फेला पारेको पाइएको छ । 

‘‘विश्वमै दुर्लभ बन्दै गएको सयौ प्रजातीका चरा यहाँका जङ्गलमा छन् तर संरक्षणको अभावमा मासिने अवस्था रहेकाले संरक्षण गर्न जरुरी छ,’’ खरेलले भने। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनस...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा रु तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ...

बालाजुका २२ धाराबाट जल प्रवाह

काठमाडौँ। बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र...

हुम्लाका सात परीक्षा केन्द्रमा एसइई परीक्षा शान्तिपूर्ण

हुम्ला। बिहीबार बिहान ८ बजेबाट सुरु भएको यस वर्षको एसइई परीक्षा जिल्लाका सातै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित...

विवादबिनै संसद सञ्चालन हुने: ज्येष्ठ सदस्य केसी

काठमाडौँ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ...

लमजुङमा बाहिरबाट कुखुरा–अण्डा ल्याउन प्रतिबन्ध

लमजुङ। लमजुङमा बर्ड फ्लू रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाह्य जिल्लाबाट कुखुरा र अण्डा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । मंगलबार जिल्ला...

प्रधानमन्त्री कप: सन्दीपको सात विकेटसँगै बागमतीको सानदार जित

काठमाडौँ। कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सा...

सर्वोच्च अदालतद्वारा केसी र अर्यालविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र नेकपा एमालेकी पद्मा अर्याल विरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। ...

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचन प्रक्रियामा बादल एक्लो...

कम्बोडियाबाट एक महिनामा १२७ नेपालीको उद्धार

काठमाडौं । पछिल्लो एक महिनामा कम्बोडिया बाट १२७ जना नेपालीको उद्धार गरिएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनी का अनुसार उ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending