इलाम। विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा भेटिएको छ ।
विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी झापाका वाइल्ड लाइफ फोटोग्रफर देवेन खरेल र कोशी बर्ड सोसाइटीका पूर्व अध्यक्ष अनिश तिम्सिनाले थुम्केरानी क्षेत्रमा क्यामेरामा कैद गरेको हो ।
उल्लु परिवार भित्रको वैज्ञानिक नाम ‘हिमालयन वुड आउल’ भएको चराको जोडी खोज अवलोकनका क्रममा फेला पार्न सफ भएको वाइल्ड लाइफ फोटोग्राफर खरेलले जानकारी दिए।
भारत, पाकिस्थानको पश्चिमी हिलाम हुँदै नेपाल, भुटान र पूर्वी तिब्बत, उत्तरपूर्वी म्यान्मार, चिन, कोरिया र ताइवानका केहि भागमा उक्त चरा पाइने गरिएको फोटोग्राफर खरेलले जानकारी दिनु भयो । नेपालमा उक्त चरा दुर्लभ रूपमा मात्र देखिने गरिएको छ । नेपालको मध्य देखि उच्च पहाडी वन क्षेत्रमा स्थाई रूपमा उक्त चरा पाइने गरिन्छ ।
उक्त चरा लगभग एक हजार मिटरदेखि तीन हजार छ सय मिटरको उचाइमा सल्ला, लोठ सल्ला र गुराँसको वनमा पाइने गरिएको चराको खोजकर्ताले दिएको जानकारीमा उल्लेख छ ।
यस पटक थुम्केरानी क्षेत्रको दुई हजार तीन सय ५० मिटरको उचाइमा उक्त चरा पाइने अभिलेख राख्न सफल भएको कोशी बर्ड सोसाइटीका पूर्व अध्यक्ष तिम्सिनाले जानकारी दिए।
कानको झुप्पा नदेखिने, गोलो टाउको भएको, खैरो र सेतो छरिएको अनुहार, खैरो शरीर, सेतो पेटमा पातलो खैरो धर्सा र पङ्खामा बार उक्त चराको शरीर रहेको हुन्छ । बाहिरी रूपमा मलाहा हुचिल जस्तो टाउकोको रूप देखिए पनि रङ र आवाजमा फरक हुन्छ ।
गहिरो दुई नोटको हू–हू शैलीको स्वर जोडीले एक आपसमा उत्तर दिने प्रकारले निकाल्ने गरेको पाइन्छ । उक्त चरा साँझ र राति सक्रिय रहने गरेको र यी चराले मुसा, भ्यागुता, साना चरा, रातका पुतली र ठुला कीरा आहार गर्ने गरेको फोटोग्राफर खरेलले जानकारी दिए ।
उक्त चराले हिउँदको अन्त्य देखि वसन्त ऋतु सम्म प्रजनन गर्ने गरेको पाइन्छ । रुखका खोच वा ढुङ्गाको पाटमा अण्डा पारी बच्चा कोरल्ने गर्दछ । विश्वव्यापी रूपमा उक्त चरा स्वस्थ वनमा आश्रित रहेकाले वन विनासलगायतका कारण बासस्थान टुक्रिदै जादा विश्वमै दुर्लभ बन्दै गएको पाइन्छ ।
वाइल्डलाइफ फोटोग्राफर खरेल र तिम्सिनाको जोडीले यस पटक बर्खे चरा खोजने क्रममा इलामको माईजोगमाई सहित जिल्लाको पूर्वी लेकाली क्षेत्रमा एक सय ३० प्रजातीका चरा फेला पारेको पाइएको छ ।
‘‘विश्वमै दुर्लभ बन्दै गएको सयौ प्रजातीका चरा यहाँका जङ्गलमा छन् तर संरक्षणको अभावमा मासिने अवस्था रहेकाले संरक्षण गर्न जरुरी छ,’’ खरेलले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: