हुम्ला। बिहीबार बिहान ८ बजेबाट सुरु भएको यस वर्षको एसइई परीक्षा जिल्लाका सातै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढंगले सञ्चालन गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय तहसँगको समन्वयले पनि परीक्षा शान्तिपूर्ण बनाउन सहयोग पुर्याएको छ।
जिल्लाका पाँच वटा गाउँपालिकाका सात वटा परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जानकारी नायब उपरीक्षक शंकर खड्काले दिए। हालसम्म कुनै अवाञ्छित घटना वा असामाजिक गतिविधि रिपोर्ट भएको छैन। बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन हुन सवै पक्षको सहयोगले सम्भव भएको उनले बताए।
सिमकोट गाउँपालिका – बालमन्दिर मावि परीक्षा केन्द्र, मानसरोवर नमूना मावि परीक्षा केन्द्र, सर्केगार्ड गाउँपालिका – हिमज्योति मावि केन्द्र, सर्केगार्ड गाउँपालिका – कोट मावि केन्द्र, अदानचुली गाउँपालिका – सुर्योदय मावि केन्द्र, ताँजाकोट गाउँपालिका – मदानादेव मावि केन्द्र र खार्पुनाथ गाउँपालिका – सीता मावि केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा भइरहेको छ। चार दिन अघि नै सबै परीक्षा कक्षमा प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याइएको थियो।
यस वर्ष एसइई परीक्षा दिने परीक्षार्थी कुल १३ सय जना हुनुहुन्छ। यसमा नियमित तर्फ ५१८ छात्र र ४७९ छात्रा गरी कुल ९९७ जना परीक्षार्थी छन्। पूरक तथा ग्रेड वृद्धि परीक्षामा १२४ छात्र र १७९ छात्रा गरी कुल ३०३ जना परीक्षार्थीले फारम भरेका थिए। यी परीक्षार्थी साधारण र प्राविधिक धारा दुवैमा रहेका छन्।
नाम्खा गाउँपालिका ९एक मात्र मावि० र चङ्खेली गाउँपालिका ९दुई मावि० मा भने परीक्षा केन्द्र सञ्चालन भएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...
जेष्ठ १६ गते, २०८३ - १३:२९
काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...
जेष्ठ १६ गते, २०८३ - १३:२२
काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...
जेष्ठ १६ गते, २०८३ - १३:१४
मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...
जेष्ठ १६ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...
जेष्ठ १६ गते, २०८३ - ११:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...
जेष्ठ १६ गते, २०८३ - १०:५८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...
जेष्ठ १६ गते, २०८३ - १०:४५
सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...



प्रतिकृया लेख्नुहोस्: