काठमाडौँ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए।
उनले संसद विभिन्न विचारधाराको संगमस्थल भएकाले मतभेद, विवाद र तिक्तता देखिनु स्वाभाविक भए पनि ती प्रक्रियाबाट निष्कर्षमा पुग्नु नै लोकतन्त्रको सौन्दर्य भएको उल्लेख गरे। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केसीले सभामुखको निर्वाचन अघि संसद सञ्चालन गर्दा आफू तटस्थ, प्रभावकारी र निर्विघ्न बनाउने प्रतिवद्धता व्यक्त गरे।
केसीले बिहीबारको बैठक विवादरहित रूपमा सञ्चालन गर्ने विषयमा सबै राजनीतिक दल प्रतिवद्ध रहेको विश्वास व्यक्त गरे। उनले भने, “संसद विभिन्न विचारधाराको संगमस्थल हो। मतभेद, घर्षण र कहिलेकाहीँ तिक्तता स्वाभाविक हुन्। ती प्रक्रियाबाट निस्किएको निष्कर्ष नै लोकतन्त्रको सौन्दर्य हो। संसद वाद–प्रतिवाद र संवादको थलो हो।’’
उनले थप्दै भन्नुभयो, ‘‘अहिले सर्वदलीय बैठकबाट कसरी भोलि सुचारु सञ्चालन गर्ने भन्नेमा सबै दलका प्रतिनिधिहरू सहमत भएका छन्, त्यसैले भोलि कुनै विवाद हुने देख्दिन। संसद राष्ट्रिय राजनीतिक संस्कृतिको पहिचान हो र यसको संरक्षक सभामुख हो। त्यसैले संसद र सभामुख लोकतन्त्र र राष्ट्रिय सार्वभौमिकताको रक्षार्थ निरन्तर सक्रिय रहनुपर्छ।”
उनले संविधानको रक्षा र नेपाली जनताको सर्वोच्चताको सुरक्षामा सरकारले गर्ने काममा संसदका सबै दलको सहयोग आवश्यक भएको उल्लेख गरे। मुलुक र जनताको हितमा गरिने काममा सहयोग गर्नु र कमीकमजोरी हुँदा सिर्जनात्मक आलोचना गर्नु लोकतन्त्रको मूल मर्म भएको उनको भनाइ छ।
केसीले भने, “सङ्ख्यात्मक दृष्टिकोणभन्दा पनि संविधानको रक्षा, जनताको सर्वोच्चता, स्वाभिमान, सम्मान र समृद्धि केन्द्रमा राखेर सरकार सञ्चालन हुनु पर्छ। वर्तमान सरकार जनताको उर्लंदो आकांक्षाको प्रतिनिधित्व गर्दै गठन भएको छ, त्यसैले अस्थिरता निम्तिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्छ। स्थिर सरकार, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण अहिलेको प्रमुख आवश्यकता हो। विधि र प्रक्रिया पालना नगरी पूर्वाग्रहका आधारमा कारबाही गर्दा विधिहीनता निम्तिन्छ।”
सभाको ज्येष्ठ सदस्यको हैसियतले केसीले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्नेछन् र सभामुखको निर्वाचन नहुँदासम्म प्रभावकारी रूपमा सभामुखको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १३:४०
काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...
जेष्ठ १२ गते, २०८३ - १३:३४
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...
जेष्ठ १२ गते, २०८३ - १३:२६
काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...
जेष्ठ १२ गते, २०८३ - १३:१४
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्र...
जेष्ठ १२ गते, २०८३ - १३:०४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेको छन् । मङ्गलबार प...
जेष्ठ १२ गते, २०८३ - १२:५१
काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...
जेष्ठ १२ गते, २०८३ - १२:३३
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...
जेष्ठ १२ गते, २०८३ - १२:०६
काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...
जेष्ठ १२ गते, २०८३ - ११:४२
उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...
जेष्ठ १२ गते, २०८३ - ११:२८
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...



प्रतिकृया लेख्नुहोस्: