Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

एमालेको विधान संशोधन प्रस्तावमा सुझाव- पार्टीभित्र विवाद सिर्जना गर्न खोजिँदैछ, ओलीको विकल्प छैन

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन गर्ने काम भइरहेको छ । 

पार्टीले सुझाव सङ्कलनका लागि यतिबेला देशभर पार्टीका विभिन्न जिल्ला प्रदेशलगायत कमिटी र गैरभूगोलका कमिटीका बैठक आयोजना गरी विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन गरिरहेको छ ।

मानव अधिकार एलाइन्सले यहाँ कार्यशाला राखेर विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र केन्द्रीय कमिटी सदस्य तथा मानव अधिकार एलाइन्सका इञ्चार्ज विष्णु रिजालले विधान संशोधन प्रस्तावका बारेमा स्पष्ट गर्दै थप सुझाव राख्न आग्रह गरेका थिए। 

कार्यशालालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य ढकालले विधानका सम्बन्धमा पार्टीभित्र विवाद सिर्जना गर्न खोजिए पनि त्यसलाई समाधान गरिएको बताए । उनले पार्टीमा विवाद र विग्रह सिर्जना गर्ने प्रयास भए पनि त्यो सफल नहुने तथा पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताए । 

केन्द्रीय सदस्य रिजालले पार्टी नेतृत्व आवश्यकताले निर्माण गर्ने जिकिर गर्दै अहिले पार्टीमा केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको स्पष्ट गरे  । उनले नेतृत्व निर्माणका लागि उमेरहद सर्वकालिक सिद्धान्त हुन नसक्ने स्पष्ट गर्दै नेपाली कांग्रेस जस्तो ठूलो प्रजातान्त्रिक पार्टीलेसमेत नेतृत्व स्वीकार गरिरहेको अवस्थामा अध्यक्ष ओलीको विकल्प सोच्न नसकिने धारणा राखे। 

एलाइन्सका अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा भएको कार्यशालामा सहभागीहरूबीच समूहगत छलफल गरी सुझाव सङ्कलन गरिएको थियो । पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार गरिएको विधान संशोधन प्रस्ताव पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबाट पारित भई सुझावका लागि मातहतका कमिटीमा पठाइएको हो । 

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending