Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

खबरडबली संवाददाता

दोधारा चाँदनी । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिए ।

“बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ”, उनले भने, “स्थानीय प्रतिनिधि, सङ्घसंस्था, प्रहरी र स्थानीय व्यक्तिको उपस्थितिमा छाउगोठ भत्काइएको हो ।”

गत असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीय कमला दमाइको छाउगोठमा बसेका बेला सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय यहाँका सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि छाउगोठ रहेका पालिकामा स्थानीय जनप्रतिनिधि र प्रहरीले छाउगोठ भत्काउन थालेका हुन् ।

यहाँको बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्टले पनि बेदकोटमा वडा ४ र १० ले २३ वटा छाउगोठ भत्काएको जानकारी दिए । “हामीले छाउगोठ भत्काएका छौँ तर पुनः छाउगोठ बनाइहाल्छन् कि भन्ने चिन्ता छ”, उनले भने, “छाउगोठ भत्काएका परिवारलाई बोलाएर अभिमुखीकरण गर्ने तयारीमा छौँ ।” उनले छाउगोठ बनाउने समुदायलाई कुरीतिका विषयमा सचेत गराउनुपर्ने जरुरी रहेको बताए ।

कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले वडामा छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको बताए । “आज मात्रै हामीले १६ वटा छाउगोठ भत्काएका छौँ”, उनले भने, “अहिले यहाँका नागरिक सचेत भएका छन् । पहिला जस्तो अवरोध भएको छैन ।”

गत वर्षदेखि नै वडाले छाउगोठ भत्काउने अभियान चलाए पनि केही स्थानीयले अवरोध गरेपछि रोकिएको थियो । असार अन्तिम साता कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए कानुनअनुसार कारबाही र रु १० हजार जरिवाना गर्ने चेतावनीसमेत दिएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अण्डाको मूल्य बढ्यो, प्रतिगोटा कति ?

चितवन ।  नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।  अण्डाको उत्पादन ...

रास्वपाको चुनावी सभा आज धनगढीमा, रवि र बालेनले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रमम...

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ३५ नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । चुनाव...

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्याना...

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपद...

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

स्वीकृति नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर...

कांग्रेसले आज जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक गर्ने, सभामा एक लाख सहभागी हुने दाबी

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बिहान ११ः०० बजे बस्नेगरी बैठक आह्वान भएको हो । बैठकमा यही फागुन २१...

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत बुधबार र बिहीबार सार्वजनिक बिदा भएप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE