पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलबार कैदीबन्दी राहुल साह तुरहाको मृत्यु भएपछि छानबिन समिति गठन गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले घटनाबारे विस्तृत छानबिन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने गरी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा पर्सा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक किशोर लम्साल, जनप्रतिनिधि जनदिशसाह तुरहा, मृतकका दाजु मकेशसाह तुरहा, मानवअधिकारकर्मी मनकुमारी लामा, नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र नेपाल चिकित्सक सङ्घका प्रतिनिधि रहने गरी सात सदस्यीय छानबिन समिति गठन गरेको हो ।
बैठकले मृतकको शव परीक्षणलगायतका अन्य कानुनी प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ । वीरगन्ज कारागारमा कर्तव्य ज्यान मुद्दा राहुल साह तुरहाको नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
वीरगन्ज कारागारका प्रमुख खिमराज भुसालका अनुसार कारागारमा कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका कैदी साहको मङ्गलबार विहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा पुर्याइएको थियो। आफन्तहरूले भने पर्साका प्रजिअले बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नका लागि अनूमति नदिएको आरोप लगाएका छन् ।
कैदीबन्दी तुरहाको मृत्युपछि आक्रोशित आफन्तले नारायणी अस्पताल वरपर टायर बालेर विरोध प्रदर्शन गरेका थिए । पर्सा प्रहरीका सूचना अधिकारी लम्सालले पर्सा प्रहरीले भिड नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । साह विसं २०७९ देखि कर्तव्य ज्यानमुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: