Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

तनहुँमा उद्योग दर्ता घट्यो

खबरडबली संवाददाता

तनहुँ । जिल्लामा एक वर्षमा पाँच सय ९६ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१÷८२ मा जिल्लामा उद्योगतर्फ तीन सय आठ र वाणिज्यतर्फ दुई सय ८८ दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय दमौलीले जनाएको छ । 

उद्योग तथा वाणिज्य दर्ता गत आव २०८०÷८१ मा भन्दा आव २०८१÷८२ मा कम भएको कार्यालय प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिनुभयो । आव २०८०÷८१ मा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ गरी सात सय ७१ उद्योग दर्ता भएका थिए । आव २०८१÷८२ मा एक हजार नौ सय छ उद्योग नवीकरण भएका छन् भने वाणिज्यतर्फ एक हजार सात सय ३५ उद्योग नवीकरण भएको सुवेदीले बताए । 

उनका अनुसार उद्योगतर्फ साउनमा ३३, भदौमा ३९, असोजमा ३२, कात्तिकमा २५, मङ्सिरमा ३१, पुसमा २४, माघमा १५, फागुनमा २४, चैतमा २०, वैशाखमा २९, जेठमा २५ र असारमा ११ उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ साउनमा ५३, भदौमा २१, असोजमा २४, कात्तिकमा २०, मङ्सिरमा २३, पुसमा २५, माघमा १९, फागुनमा २३, चैतमा २२, वैशाखमा २१, जेठमा २२ र असारमा १५ दर्ता भएका छन् । 

कार्यालयले एक वर्षमा रु ८४ लाख ८१ हजार ४२५ राजस्व सङ्कलन गरेको छ । उद्योग दर्ता, नवीकरण, संशोधनलगायतबाट कार्यालयमा राजस्व सङ्कलन हुने गरेको सुवेदीको भनाइ छ । साउनमा रु १३ लाख ७४ हजार ४५०, भदौमा रु आठ लाख ६८ हजार ५००, असोजमा रु नौ लाख पाँच हजार १००, कात्तिकमा रु चार लाख ३५ हजार ९००, मङ्सिरमा रु छ लाख ४५ हजार ४००, पुसमा रु सात लाख २४ हजार ४७५, माघमा रु चार लाख ८७ हजार ४५०, फागुनमा रु छ लाख ५६ हजार ६५०, चैतमा पाँच लाख २२ हजार २५०, वैशाखमा रु चार लाख ४२ हजार ५०, जेठमा रु चार लाख ९० हजार ९०० र असारमा रु नौ लाख २८ हजार ३०० राजस्व सङ्कलन भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending