काठमाडौं। तोकिएको स्थानमा जानका लागि काटेको २४ घण्टे पत्रको अवज्ञा गरेपछि गृह मन्त्रालयले १४ कर्मचारीको हाजिरी काटेको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार उनीहरूको रजिस्टरको हाजिरी र ई–हाजिरी दुवै काटिएको हो ।
एक महिनासम्म खटाएको स्थानमा नगएपछि गृह मन्त्रालयको कर्मचारी महाशाखाले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई साउन १५ गते २४ घण्टाभित्र खटाएको स्थानमा हाजिर हुन निर्देशन दिएको थियो ।
उनीहरूको साउन २० गतेबाट दुवै हाजिरी काटिएको महाशाखाका एक अधिकृतले जानकारी दिए । ‘२३ कर्मचारीलाई २४ घण्टाभित्र खटाएको स्थानमा हाजिर हुन निर्देशन दिइएकोमा ८ कर्मचारी मात्रै सम्बन्धित स्थानमा खटिएका छन् । बाँकीको मन्त्रालयमा रहेको हाजिरी काटिएको छ,’ ती अधिकृतले भने ।
मन्त्रालयको प्रशासन महाशाखाले साउन १६ गते मन्त्रालयको वेब पोर्टलमा सूची सार्वजनिक गरेको थियो । खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत र साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा थिए ।
ती मध्य सात शाखा अधिकृत र एक नायब सुब्बा भने तोकिएको स्थानमा गएका छन् ।
तोकिएको स्थानमा जाने शाखा अधिकृतहरूमा सुजन शुभ भ्लोन, चिरन्जीवी जिएम, जानुकाकुमारी पोखरेल, भीमकुमार बस्नेत, न्युटन लम्साल, फर्सुराम भट्टराई र रेनुकाकुमारी पाण्डे छन् । एक नायब सुब्बा तोकिएको स्थानमा गएका छन् । बाँकीको हाजिरी काटिएको हो ।
यस्तो छ २४ घण्टे उर्दी काटिएका कर्मचारीहरूको सूची:
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: