काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ३४ जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी नदीका सहायक नदीहरू सतर्कता तह नजिक पुगेका छन्। यस्तै नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलस्तर अहिले सतर्कता तहभन्दा तल भए पनि तीव्र रूपमा बढ्ने सम्भावना रहेको बताइएको छ।
दोलखा, सिन्धुपाल्चोक, डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा वरपरका जिल्लाहरूबाट बग्ने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले ती क्षेत्रहरूमा आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहेको जनाइएको छ।
त्यसैगरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यकासहित धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, डोटी, बैतडी र आसपासका जिल्लामा पनि साना नदीहरूको बहाव बढ्ने सम्भावना औँल्याइएको छ।
बाढी महाशाखाले यी सबै ३४ जिल्लालाई पहेँलो संकेतमा राख्दै बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, नदी किनारमा जान नहुने, सतर्क सूचनालाई पालना गर्ने, र आकस्मिक परिस्थिति आएमा सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: