Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नेकपा ब्युँताउने तयारीः प्रचण्ड-माधव अध्यक्ष, महासचिवमा विप्लव !

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत माओवादी) केन्द्रको पहलमा तीन कम्युनिस्ट दलबीच एकता प्रक्रियाले गति लिएको छ । माओवादी केन्द्र, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादी तत्कालै एकतासम्म पुग्नेगरी थप नजिक भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष बनाउने र विप्लवलाई महासचिव बनाएर एकता प्रक्रियालाई टुंगोमा पु-याउनेगरी छलफललाई निष्कर्षउन्मुख बनाएको तीनवटै दलका नेताको दाबी छ । यो प्रक्रिया आगामी भदौ मसान्तसम्ममा टुंग्याउने नेताहरूको तयारी छ ।

नेताहरूले यसअघि असफल भएको एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै राख्नेगरी छलफललाई अघि बढाएका छन् । कानुनी झमेला नदेखिए तीनवटै दलका नेताहरू एकीकृत पार्टीको नाम नेकपा राख्न लगभग सहमत भएको स्रोतको दाबी छ ।

केही दिनअघि सम्पन्न नेकपा माओवादी केन्द्रको स्थायी समिति वैठकको म्यान्डेटअनुसार पार्टी एकताको वातावरण बनाउन भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले विप्लव नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादीसँग बराबर संवाद बढाइरहेका छन् ।

एकता माहोलका परिदृश्य

– प्रचण्ड–माधवः जसरी पनि मिल्नेगरी छलफलमा
– नारायणकाजीः सम्झाउने, फकाउने अभियानमा
– झलनाथः परिआए जबजको सिद्धान्त त्याग्ने
– विप्लवः बाहिर शंका फाल्ने, भित्र मिल्न जाने

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेकपाका अध्यक्ष विप्लवले साझा शक्ति निर्माण गर्नुपर्नेमा पटकपटक सहमति जनाइसकेको र त्यसलाई मूर्तरूप दिन दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिइसकेका छन् ।

दोस्रो तहका नेताहरूले एक–दुई चरण बसेर केन्द्र र प्रदेश तहसम्मको एकताको खाकासमेत तयार पारिसकेका छन् । तर, एकताका लागि पदीय र सैद्धान्तिक विषय सबै टुंगो नलाग्दै एकताको विषय बाहिर ल्याए एमालेलगायतका बामदलले भाँड्नसक्ने भन्दै नेताहरूले ‘कोर राजनीतिक टिम’बाहेकसँग तत्काल एकताको विषय हल्ल मात्र भएको बताउँदै आएका छन् ।

नेकपाका अध्यक्ष विप्लव पनि एकता प्रक्रिया टुंगोेमा नपुगेसम्म पार्टीका शीर्षस्थ नेताबाहेकको आन्तरिक फोरमहरूमा तल्काल सम्भावना नभएको बताइरहेका छन् ।

तर, उनको पार्टीले आगामी भदौ तेस्रो साता एकताको निर्णय गर्नेगरी पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नेकपा एसले पनि भदौ अन्तिम साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

विगतमा एमाले र माओवादी केन्द्रबीचको एकता हतारमा भएकाले टिक्न नसकेको भन्दै शीर्ष तहका नेताहरू यसपटक नेताहरूको पदीय व्यवस्थापन, सैद्धान्तिक विषय मात्र होइन, नेताहरूको मन माझामाझसमेत गराएपछि मात्र एकता प्रक्रियालाई मूर्त रूप दिने तयारीमा जुटेका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आइतबार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई डल्लुस्थित निवासमा भेटेर पार्टी एकताको विषयमा संवाद गरेका छन् ।

श्रेष्ठनिकट एक नेताका अनुसार यसअघि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच शुक्रबार हात्तिवनमा भेटवार्ता भएको छ । अमेरिका जानुअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका माओवादी केन्द्रका उपाध्यक्ष श्रेष्ठले फर्किएपछि एकीकृत समाजवादी र नेकपाका नेताहरूसँग निरन्तर भेटिरहेका छन् ।

‘नारायणकाजीले निवासमै र बाहिर पनि अरू वाम दलका नेताहरूसँग भेट गरिरहनुभएको छ, वाम आन्दोलनलाई एकीकृत र विस्तारित बनाउन कसरी सकिन्छ भन्नेमा परामर्श गरिरहनुभएको छ,’ श्रेष्ठनिकट नेताहरू बताउँछन् ।

माओवादीसँग पार्टी एकता गर्ने सम्बन्धमा सैद्धान्तिक रूपमा निकै टाढा रहेको नेकपा एकीकृत समाजवादी व्यावहारिक रूपमा निकट छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सैद्धान्तिक रूपमा जबजलाई छोड्नै नसकिने भन्छन्, तर माओवादी केन्द्रसँग मिलेर बलियो शक्ति बनाउन निरन्तर संवादमा छन् ।

‘सांगठनिक शक्ति सन्तुलनमा कुरा मिल्यो भने माधवजीसँग राजनीतिक लाइनमा समस्या छैन, झलनाथजी पनि जबज छोडौं भन्ने कुरामै हुनुहुन्छ, त्यसकारण एकीकृत समाजवादीसँग पार्टी एकता असहज छैन,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने ।

व्यावहारिक विषय मिलाउनकै लागि नेकपा एस र माओवादी केन्द्रका नेताहरू पटकपटक छलफलमा जुटेको बताउँदै ती नेताले दुई अध्यक्ष र विप्लवलाई महासचिव बनाउनेगरी छलफल अघि बढिरहेको दाबी गरे ।

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक गतिविधिमा नेकपा एमालेले अवरोध सिर्जना गरेको बुझाइमा रहेका प्रचण्डसहितका साना वाम दलले भण्डारीसँग भित्री परामर्श गर्दै पार्टी एकता बढाउने र एमालेलाई गलाउने नीति लिएको स्रोतको दाबी छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending