Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

‘३८ वर्षदेखि नेतृत्व गरिरहेका प्रचण्ड र बल्ल दोस्रो कार्यकालमा रहेका ओलीको तुलना गर्न मिल्दैन’

प्रदीप ज्ञवाली भन्छन्- पूर्वराष्ट्रपतिको प्रवेशले पार्टीमा तरंग ल्यायो, तर अब नेतृत्वबारे द्विविधा छैन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सम्माननीय पूर्वराष्ट्रपतिको सम्भावित प्रवेशले पार्टीभित्र अप्रत्याशित बहस जन्माएको स्वीकार गरेका छन्। तर, उनले पार्टी नेतृत्वबारे अब कुनै द्विविधा नरहेको स्पष्ट पारेका छन्।

ज्ञवालीका अनुसार पूर्वराष्ट्रपतिलाई मात्र पार्टीमा सक्रिय होइन, अध्यक्ष बन्ने प्रस्तावसहित अघि बढाइएको कुराले पार्टी पंक्ति र नेतृत्व तहमा संवेदनशीलता बढाएको थियो। "यस्तो विषयले पार्टीलाई तरंगित बनाउनु स्वाभाविक हो," उनले भने, "तर, अब हामी स्पष्ट छौं—नेतृत्वबारे कुनै अन्योल छैन।"

उनका अनुसार देश अझै संक्रमणकालीन अवस्थामै रहेकोले ‘भिजनरी’, ‘बोल्ड’ र ‘एक्सन ओरिएन्टेड’ नेतृत्वको खाँचो व्यापक रुपमा महसुस भइरहेको छ। उनले विश्व राजनीतिमा देखिएका उदाहरणहरू — भारतमा नरेन्द्र मोदीको निरन्तरता र चीनमा सी चिनफिङको शक्तिकेन्द्रित भूमिका — उल्लेख गर्दै ‘बोल्ड लिडरसिप’ को आवश्यकता औंल्याए।

ज्ञवालीले केपी शर्मा ओलीको नेतृत्वमा एमालेले झन्डै ‘शून्य’ अवस्थाबाट उठेर हालको हैसियत प्राप्त गरेको भन्दै उनको योगदानको उच्च मूल्याङ्कन गरे। "सर्वोच्च अदालतको निर्णयपछि एमाले सडकमा पछारिएको थियो," उनले भने, "तर ओलीकै नेतृत्वमा पार्टी अहिलेको अवस्थामा आइपुगेको हो।"

उनले केन्द्रीय कमिटीले ओलीको नेतृत्व अझै आवश्यक रहेको निष्कर्षमा पुगेको भन्दै, पूर्वराष्ट्रपतिको प्रवेशसँगै नेतृत्व विषयमा स्पष्ट निर्णय लिएको जानकारी दिए।

सरकार हस्तान्तरणबारे स्पष्ट प्रतिबद्धता

सरकारको नेतृत्व हस्तान्तरणबारे कुरा गर्दै ज्ञवालीले वर्तमान राजनीतिक सन्तुलन र संसदको संरचनाले असारमा शेरबहादुर देउवालाई सत्ताको बागडोर दिनुपर्ने अवस्था देखाएको बताए। “हामीले इमानदारीपूर्वक सत्ताको हस्तान्तरण गर्नेछौं,” उनले स्पष्ट पारे।

ज्ञवालीका अनुसार वर्तमान सत्ता संरचना दुई प्रमुख दलहरूबीचको सहकार्यमा टिकेको छ र त्यसमा कुनै एक दल बाहिरिए अस्थिरता निम्तिनेछ। त्यसैले, वर्तमान सहकार्यलाई इमानदारीपूर्वक निभाइने प्रतिबद्धता उनले दोहोर्याए।

‘बोल्ड लिडरसिप’ र पार्टी लोकतान्त्रीकरण

ज्ञवालीले आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउने लक्ष्यका साथ पार्टीले ‘बोल्ड लिडरसिप’ लाई आवश्यक ठानेको बताए। उनले यस्तो नेतृत्व पार्टीका साथै राष्ट्रका लागि जरुरी रहेको उल्लेख गरे।

पार्टीभित्र लोकतान्त्रीकरणको बहसबारे उनले भने, “लोकतान्त्रिक मूल्यमान्यता अंगीकार गर्ने सिद्धान्त अनुरूप अब पार्टी सञ्चालन हुनुपर्छ।” उनले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्तमार्फत कम्युनिस्ट आन्दोलनमै ‘ब्रेकथ्रु’ भएको बताए।

उनका अनुसार उमेर हद र कार्यकाल सीमितताको विषय लोकतान्त्रीकरण अन्तर्गत उठाइएका थिए। तर व्यावहारिक कारणले उमेर हदको प्रावधान हटाइएको र कार्यकाल सीमाबारे अघिल्लो महाधिवेशनले नै परिवर्तन गरिसकेको बताए।

ओली र प्रचण्डको तुलना उपयुक्त होइन

ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच तुलना गर्नु उपयुक्त नभएको बताए। "३८ वर्षदेखि नेतृत्व गरिरहेका प्रचण्ड र बल्ल दोस्रो कार्यकालमा रहेका ओलीको तुलना मिल्दैन," उनले प्रष्ट पारे।

उनले थपे, ‘नेपाली समाज के मानेमा केपी ओलीप्रति कृतज्ञ हुनुपर्छ वा उहाँलाई सकारात्मक रूपमा लिनुपर्छ भने, पट पटक मृत्युको मुखमा पुगेर, त्यति अप्ठ्यारा स्वास्थ्य प्रतिकूलतालाई पार गरेर पनि निरन्तर नेपाली समाजलाई ऊर्जा दिइरहनु भएको छ। ‘अलि बढी उमेर भयो भनेर नथाक्नुहोस्’ भन्ने ढंगले उहाँले गर्नुभएको कुरालाई अर्काे अर्थमा जोड्नु हुँदैन। महाधिवेशनले पाँच वर्षलाई अध्यक्ष बनाउने हो। त्यसकारण १५–२० वर्षको कुरा अर्कै सन्दर्भमा गर्नुभएको हो।’ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending