Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

जापानमा ८० वर्षपछि दुई घण्टी एकैपटक बज्दा सुरू भयाे रूवावासी

खबरडबली संवाददाता

काठमाडाैं । जापानको नागासाकी सहरको एउटा चर्चमा बजाइएको दुईवटा घण्टीको आवाज शनिबार एकैसाथ गुञ्जिएको छ, त्यसमा एउटा नयाँ घण्टा थियो भने अर्को पुरानो। बिहानको ११ः०२ बजेको घडीमा हात छोएपछि दुबैको घन्टी एकैसाथ बज्न थाल्यो ।

यससँगै धेरैको आँखाबाट आँसु बग्न थाल्यो । सहर उदास भयो । यो धातुको घण्टीबाट निस्किएको आवाज मात्रै होइन, ठ्याक्कै ८० वर्षअघि प्राप्त विगतका गम्भीर घाउबाट निको भएर भविष्यतर्फ अघि बढेको प्रतिध्वनि थियो ।

अगस्ट ९, १९४५ मा बिहान ११ः०२ बजे अमेरिकाले नागासाकीमा परमाणु बम खसालेको थियो, जसले सबै नष्ट गरिदियो । यस प्रकोपमा ७४ हजार भन्दा बढी मानिस मारिएका थिए। पूरै सहर भग्नावशेषमा थियो। चर्चको भव्य भवन पनि भत्किएको थियो । मण्डलीका दुईवटा घण्टीहरू मध्ये एउटा भग्नावशेष मुनि गाडियो र सधैंको लागि मौन भयो।

अब, ८० वर्ष पछि शनिबार, ९ अगस्त २०२५ मा उराकामी क्याथेड्रलमा एक साथ दुईवटा घण्टी बज्यो। त्यही समयमा ८० वर्ष पहिले नागासाकीमा ‘फ्याट म्यान’ नामको परमाणु बम खसालेको थियो। हिरोसिमामा आणविक हमला भएको तीन दिनपछि नै ‘लिटिल ब्वाई’ नामक एटम बमले १ लाख ४० हजार मानिसको ज्यान लिएको थियो ।  यसपछि जापानले १५ अगस्ट १९४५ मा आत्मसमर्पण गर्‍यो र दोस्रो विश्वयुद्ध समाप्त भयो।

उराकामी क्याथेड्रल नामको चर्चित चर्च पनि सन् १९४५ को आक्रमणमा ध्वस्त भएको थियो। त्यसको एउटा घण्टी भग्नावशेषमा फेला परेको थियो तर अर्को भेटिएको थिएन। यो वर्ष अमेरिकी चर्चको चन्दामा नयाँ घण्टी बनाइएको थियो र अमेरिकाले नागासाकीमा आणविक हमला गरेको समयमा पुरानो घण्टीसँगै बजाइएको थियो ।

यस क्रममा धेरै मानिसहरु पनि उपस्थित थिए, जसले त्यो त्रासदीलाई आफ्नै आँखाले देखेका थिए, ती पनि उपस्थित थिए । हिरोशी निशिओका अहिले ९३ वर्षका भइसकेका छन् । आफ्नो दर्शनको वर्णन गर्दै उनले परमाणु बम खसेको बेला घरको आँगनमा खेलिरहेको बताए । अचानक त्यहाँ एक फ्ल्यास भयो, त्यसपछि ठूलो विस्फोट भयो र सबै चीज धुलो र चिल्लामा परिणत भयो। त्यो भयानक विस्फोटबाट हिरोशी मात्र तीन किलोमिटर टाढा थिए । त्यो समयको सम्झना उनको दिमागमा अझै ताजा छ। उनले भने, ‘युद्ध सकिएको छ तर उनको मनमा परमाणु बमको आतंक अझै जीवित छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

महाधिवेशनअघि रास्वपामा गुटको महाभिडन्त

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending