Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

नक्कली हाकिम र कार्यालय, असली पैसाः चीनमा ‘फेक जब’ को नयाँ लहर

खबरडबली संवाददाता

काठमाडौं । चीनमा युवाहरूले पैसा तिरेर नक्कली कार्यालयमा काम गरेको नाटक गर्न थालेका छन् । यस्ता कम्पनीहरूको संख्या दिनदिनै बढिरहेको छ । चीनको सुस्त अर्थतन्त्र र जागिरको अभावले यो चलन लोकप्रिय भएको हो।

धेरैले घर बस्नुभन्दा पैसा तिरेर कार्यालय जान रुचाएका छन् । ३० वर्षीया शुई झोउले डोङगुआनमा नक्कली कार्यालय चलाउने कम्पनीलाई दैनिक ३० युआन (४ अमेरिकी डलरंं) तिर्छिन्। त्यहाँ उनी पाँच 'सहकर्मी' सँग काम गरेको नाटक गर्छिन्। ‘मलाई टिममा काम गरेजस्तो लाग्छ’ उनी भन्छिन्।  

यस्ता कार्यालय शेन्जेन, सांघाई, नान्जिङ, वुहान, चेङ्दुजस्ता सहरमा छन् । तिनमा कम्प्युटर, इन्टरनेट, बैठक कोठा र चिया–कफी कोठा हुन्छ । दैनिक ३०–५० युआनमा जागिर खोज्ने, स्टार्टअप चलाउने वा अन्य काम गर्न सकिन्छ । कहिलेकाहीँ यो शुल्कमा खाना र पेय पदार्थ पनि पाइन्छ। चीनमा युवा बेरोजगारीदर १४ प्रतिशतभन्दा माथि छ। यस वर्ष १ करोड २२ लाख स्नातक रोजगार बजारमा आउँदै छन्, जुन हालसम्मकै उच्च हो । न्यूजील्याण्डको भिक्टोरिया विश्वविद्यालयका डा. क्रिश्चियन याओ भन्छन्, ’आर्थिक समस्या र शिक्षा–जागिर बजारको तालमेल नमिल्दा युवालाई यस्ता ठाउँ चाहिन्छ।’  

शुईले सामाजिक सञ्जाल सियाओहोङ्शुबाट यो कार्यालयबारे थाहा पाइन्। उनले कार्यालयको फोटो अभिभावकलाई पठाएपछि उनीहरू ढुक्क भए। उनी बिहान ८–९ बजे पुग्छिन् र कहिले राति ११ बजेसम्म बस्छिन्। यहाँका मान्छे मेरा साथी बनेका छन्। हामी कुराकानी गर्छौं, ठट्टा गर्छौं, सँगै खाना खान्छौं,' उनी भन्छिन्। यो चलनले युवालाई सामाजिक दबाब र आत्मसम्मानको कमीबाट जोगाउँछ। यस्ता ठाउँमा नेटवर्किङको अवसर पनि मिल्छ, जसले भविष्यमा जागिर वा व्यवसायका ढोका खोल्न सक्छ।  

नक्कली कार्यालय किन ?  

२३ वर्षीया सियाओवेन ताङले सांघाईमा एक महिना नक्कली कार्यालय भाडामा लिइन्। स्नातक गरेकी उनले स्थायी जागिर पाएकी छैनन्। उनको विश्वविद्यालयले स्नातक गरेको एक वर्षभित्र जागिर वा इन्टर्नशिप प्रमाण माग्छ, नत्र डिप्लोमा दिँदैन। उनले कार्यालयको फोटो पठाएर डिप्लोमा जोगाइन् । त्यहाँ बसेर उनले अनलाइन उपन्यास लेखिन् र केही आम्दानी गरिन्। ‘अभिनय गर्नु छ भने अन्तिमसम्म गर्नुपर्छ,’ उनी भन्छिन्।  

जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युटका डा. बियाओ सियाङ भन्छन्, ‘जागिरको अभावले निराश भएका युवाले समाजबाट अलग ठाउँ खोजेका छन्। यो चलन त्यही निराशाको उपज हो।’ 

डोङगुआनको नक्कली कार्यालयका मालिक फेयु (काल्पनिक नाम भन्छन्, ‘म सम्मान दिइरहेको छु। तपाईं बेकार होइन भन्ने सन्देश हो।’ कोभिडमा उनको खुद्रा व्यवसाय बन्द भएपछि उनी निराश भएका थिए। उनले यो 'कामको नाटक' सुरु गरे र एक महिनामै सबै वर्कस्टेशन भरिए।  

उनका ४० प्रतिशत  ग्राहक हालै स्नातक भएकाहरू छन्, जो इन्टर्नशिप प्रमाणका लागि फोटो खिच्न आउँछन् । ६० प्रतिशत  फ्रीलान्सर, डिजिटल घुमन्ते, ई-कमर्स कर्मचारी र अनलाइन लेखक छन्। ग्राहकको औसत उमेर ३० वर्ष छ। फेयु यो व्यवसायलाई सामाजिक प्रयोग मान्छन् । ‘नक्कली कार्यालयलाई वास्तविक स्टार्टअप बनाउन सकियो भने यो सफल हुन्छ,’ उनी भन्छन्।  

शुईले आफ्नो समय एआई सीप सिक्नमा लगाइरहेकी छिन्। ‘धेरै कम्पनीले भर्तीमा एआई दक्षता खोज्छन्। यो सीपले जागिर पाउन सजिलो हुन्छ,’ उनी भन्छिन्। फेयुजस्ता सञ्चालकहरूले यस्ता कार्यालयलाई अस्थायी समाधान मात्र नभई युवालाई प्रेरणा र सीप विकासको मञ्च बनाउन चाहन्छन्। बीबीसी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

महाधिवेशनअघि रास्वपामा गुटको महाभिडन्त

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending