Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

सहसचिव भट्टराईको डायरीमै भेटियो भिजिट भिसामा करोडौँ लेनदेनको हिसाब

खबरडबली संवाददाता

काठमाडौं । भिजिट भिसाको सेटिङ चलाएका सहसचिव तीर्थराज भट्टराईको डायरीमा करोडौँ लेनदेनको प्रमाण भेटिएको छ । उनले आफ्नो डायरीमै भिजिट भिसासम्बन्धी लेनदेनको सबै विवरण राखेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा उनले डायरीमा लेखेअनुसारको कारोबार पुष्टि भएको छ । उनीसँग बरामद भएको डायरीमा लेखिएको आर्थिक लेनदेनको हिसाब, कारोबार भएका व्यक्तिहरूसँगको सोधपुछ र विभिन्न व्यक्तिसँग मोबाइलमा गरेको कुराकानीलाई आधार बनाएर उनले भिजिट भिसामा ठुला सञ्जाल चलाएको पुष्टि भएको स्रोत बताउँछ ।

भट्टराईलाई गत ७ जेठमा अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । उनले भिजिट भिसामा दिनमै ५० लाखभन्दा धेरै असुली गरिरहेको सूचनाका आधारमा अख्तियारले पैसासहित पक्राउ गर्ने तयारीस्वरूप निगरानी गरिरहेका वेला गृह मन्त्रालयले सूचना पाएर सरुवा गरेको थियो । सरुवा गरेकै दिन आयोगले उनलाई कार्यालयबाटै नियन्त्रण लिएको थियो ।

साढे दुई महिनामा आयोगले पहिलो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । अनुसन्धानका क्रममा उनले भिजिट भिसामा ठुलो रकम लेनदेन गरेको प्रमाण जुटेको छ । पहिलो चरणको अनुसन्धान पूरा गरी आयोगले उनी र केही सहयोगीविरुद्ध मुद्दा दायरको तयारी गरेको छ । दोस्रो चरणमा अध्यागनका थप कर्मचारी र उनीसँग लेनदेनमा जोडिएका थप उच्चपदस्थमाथि छानबिन गर्ने आयोगको तयारी छ । उनका तीनवटा मोबाइल र ल्यापटपसमेत बरामद गरी आयोगले त्यसको परीक्षण गराएर विस्तृत अनुसन्धान गरेको थियो ।

आयोगले उनी पक्राउ परेकै दिन ग्रिनलाइन होलिडेजका बालकृष्ण खड्का र सहसचिव भट्टराईको पैसा कारोबार मिलाउने खगेन्द्र सुवेदी र कविता पौडेललाई पक्राउ गरेको थियो । भट्टराईले आफैँ पैसा नलिई सुवेदी र पौडेलमार्फत लिएर परिचालन गर्दै आएका थिए । त्यो पैसा क–कसलाई दिइएको थियो भन्नेसमेत उनले डायरीमा लेखेर राखेकाले अनुसन्धानमा सजिलो भएको छ । यद्यपि, बयानका क्रममा भट्टराईले त्यो कुरा ‘त्यत्तिकै लेखेको’ भनेर इन्कारी गरेका छन् । आयोगले हाजिरी जमानीमा राखेर उनीमाथि छानबिन गर्दै आएको छ ।

भट्टराईसँग प्रत्यक्ष मिलेर भिजिट भिसाको सेटिङ गर्ने फेमिली होलिडेजका दीपक भण्डारीमाथि दुई साताअघि पक्राउ गरी आयोगले अनुसन्धान गरिरहेको छ । ग्रिनलाइन होलिडेजका सञ्चालक खड्का र फेमिली होलिडेजका भण्डारीसँग मिलेर उनले भिजिट भिसाको सेटिङ गर्दै आएका थिए । 

मोबाइलमा उनीहरूले भिजिट भिसामा जानेहरूको सूची पठाउने र त्यहीअनुसार भट्टराईले आफ्ना कर्मचारीलाई त्यो सूची दिएर प्रस्थान अनुमति दिन लगाउँथे । खाडी जानेसँग करिब ५० हजार र युरोप जानेसँग प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको सेटिङ हुने गरेको थियो । ठुलो सेटिङ भने महिलालाई युएई पठाउनमा हुने गरेको खुलेको छ ।

यो सेटिङमा गृह मन्त्रालयसमेत मुछिएको छ । विवादास्पद पृष्ठभूमि भएका भट्टराईलाई गृहमन्त्री रमेश लेखकले अध्यागमन प्रमुखको जिम्मा दिएका थिए । भट्टराईले सेटिङ चलाएको विषयमा छानबिन गर्न भनेर अख्तियारले बारम्बार पत्र लेख्दा पनि मन्त्रालयले चासो नदिनु, अध्यागमनमा चलखेलका आधारमा विगतमा समेत बसेका कर्मचारीलाई फेरि पठाउनु, मानव तस्करी रोक्न विमानस्थलमा प्रहरी खटाइएकोमा एकै दिनमै फिर्ता गर्नुले पनि यसमा गृहमन्त्री लेखकको समेत मिलेमतोको आरोप लाग्दै आएको छ । 

विगतमा भिजिट भिसा प्रकरणमै मुद्दा खेपेका अधिकृत विमल पौडेललाई मन्त्री लेखककै आफ्नै सचिवालयमा राखिएको थियो । अध्यागमनमा सरुवा गर्ने कर्मचारीको सूची उनले समेत बनाउने गरेका थिए । त्यस्तै, अख्तियारले सहसचिव भट्टराईमाथि निगरानी बढाएपछि अकस्मात् उनलाई मन्त्रालयले सरुवा गर्नुले पनि यसमा गृह प्रशासनमाथि गम्भीर प्रश्न उठेका छन् । 

यस विषयमा विशेष छानबिनको माग गरी प्रतिपक्षी दलहरूले साढे दुई महिनादेखि संसद् बहिष्कारसमेत गर्दै आएका छन् । अख्तियारले पनि यसमा मुछिएका उच्चपदस्थमाथि दोस्रो चरणमा मात्र अनुसन्धान गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending