Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

रोल्पाको जलजला क्याम्पस भवन १५ वर्षदेखि अलपत्र

खबरडबली संवाददाता

राेल्पा । रोल्पाको जलजला बहुमुखी क्याम्पसको भवन निर्माण १५ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा हस्तान्तरण अनिश्चित बनेको छ । 

निर्माण कम्पनीले काम बीचमै छाडेपछि भवन जीर्ण बन्दै गएको छ, जसले विद्यार्थीको पढाइमा समेत असर परेको छ । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको यो रोल्पाको जेठो क्याम्पस हो ।

भारतीय दूतावासको सहयोगमा तत्कालीन जिल्ला विकास समितिले २०६७ असारमा दिवा निर्माण सेवा/ड्रागन बिल्डर्स प्रालि जेभीलाई ४ करोड ४४ लाख ९३ हजारमा ठेक्का दिएको थियो । १८ महिनामा सक्ने सम्झौता भए पनि ८२ प्रतिशत काम सम्पन्न भएपछि निर्माण कम्पनीले भवन हस्तान्तरण गरेन । तीनपटक म्याद थप्दा पनि प्रगति शून्य रह्यो । ठेकेदारले ३७ लाख ९१ हजार ९२ रुपैयाँ राजस्व नबुझाएपछि बाँकी भुक्तानी रोकिएको थियो । २०७३ चैतसम्म हस्तान्तरण र वैशाखसम्म सडक कालोपत्रे गर्ने सहमति भए पनि कार्यान्वयन भएन । मुख्य ठेकेदार उत्तम बस्नेत र पेटी ठेकेदारहरू ताराप्रसाद पुन र हरिबहादुर पुनले काम अधुरै छाडे ।

संरक्षणको अभावमा भवनको अवस्था दयनीय छ । झ्यालका सीसा फुटेका, हावाहुरी पस्ने र घाँस उम्रने अवस्था छ । विद्यार्थीहरू रोहित खड्काथोकी र कुसुम विष्टले पढाइमा समस्या भएको बताए । स्ववियु सभापति सुमन विकले हस्तान्तरणमा ढिलाइ भएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । उनले ठेक्का तोडेर वा ठेकेदारलाई कालोसूचीमा राखेर समस्या समाधान गर्नुपर्ने माग गरे ।

जिल्ला समन्वय समितिले समन्वय गरिरहेको दाबी गरे पनि प्रभावकारी पहल नभएको क्याम्पस प्रशासनको गुनासो छ । क्याम्पस प्रमुख खेमबहादुर खड्का क्षेत्रीले जिससले फलोअप नगरेको बताए । सम्झौताअनुसार रंगरोगन, कम्प्युटर, फर्निचर र सडक कालोपत्रे जस्ता काम बाँकी छन् । ९० प्रतिशत भुक्तानी भइसके पनि ठेकेदारको बेवास्ता र राजनीतिक पहुँचले हस्तान्तरण प्रक्रिया अवरुद्ध भएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारले भारतीय दूतावाससँग ताकेता गरेको र निर्णायक बैठकको तयारी भइरहेको बताए । तर, ठेकेदारको लापरबाही र स्थानीय तहको असहयोगले क्याम्पसको भौतिक सम्पत्ति विवरण विश्वविद्यालयमा समेत दर्ता हुन सकेको छैन । यसले विद्यार्थीको गुणस्तरीय शिक्षाको चाहनामाथि ठूलो असर परेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending