Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बानियाँद्वारा शपथ

एक बिना विभागीयसहित नौ सदस्यीय मन्त्रिपरिषद् गठन

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा बानियाँलाई शपथ गराएका हुन् । मुख्यमन्त्री बानियाँले शपथसँगै एक बिना विभागीयसहित नौ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

नेपाली कांग्रेसबाट दुई र नेकपा (एमाले) बाट छ मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट शिवराज अधिकारी (बिना विभागीय) र कृष्णकुमार तामाङ (खानेपानी, ऊर्जा तथा सिँचाइ) मन्त्री बनेका छन् । यस्तै, एमालेबाट किरण थापा (स्वास्थ्य), मधुसूदन पौडेल (कृषि तथा पशुपन्छी), जयराम थापा (श्रम, रोजगार तथा यातायात), भरतबहादुर केसी (वन तथा वातावरण), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार) र विन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन) मन्त्री नियुक्त भएका छन् ।

बागमती प्रदेशमा १४ मन्त्रालय छन् । कांग्रेसले मुख्यमन्त्रीसहित आठ र एमालेले छ मन्त्रालय पाएका छन् । कांग्रेस र एमालेका ६४ प्रदेश सभा सदस्यको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन् । उनि मकवानपुर क्षेत्र नं. २ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका हुन् ।

कांग्रेस र एमालेबीच बाँकी कार्यकालमा २०–२० महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । यसअघि कांग्रेसका बहादुरसिंह लामा तामाङ १२ महिनाभन्दा बढी मुख्यमन्त्री रहिसकेका छन् । सहमतिअनुसार बानियाँ आगामी चैतसम्म मुख्यमन्त्री हुनेछन् । त्यसपछि एमालेले सरकारको नेतृत्व गर्नेछ ।

शपथपछि मुख्यमन्त्री बानियाँले सुशासन र जनताले अनुभूति गर्ने कामलाई प्राथमिकता दिने बताए । यसअघि प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेपछि कांग्रेस र एमालेले संयुक्त दाबी पेश गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending