Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कागतीले बजार नपाउँदा झापाका किसान मारमा

खबरडबली संवाददाता

झापा । धानखेत मासेर कागतीखेतीमा लागेका झापाका किसान बजार अभावले समस्यामा परेका छन् । गौरादह नगरपालिका–४ का नवीन आचार्यले ६ वर्षदेखि १४ कट्ठामा सुन कागतीखेती गर्दै आएका छन् ।

बोटले राम्रो उत्पादन दिए पनि बजारमा बिक्री नहुँदा उनिजस्ता धेरै किसान खेती परिवर्तन गर्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् । भारतबाट आयात हुने सस्तो कागतीले बजार कब्जा गरेपछि स्वदेशी कागतीले प्रतिस्पर्धा गर्न नसकेको आचार्य बताउँछन् । “ठूलो लगानी र मेहनतले कागती फलाएका छौँ, तर बजारमा बिक्री हुँदैन,” उनि भन्छन्, “भारतीय कागतीले बजार कब्जा गरेको छ । घाटा खाएर बेच्नुपर्दा कागतीखेती गर्नु बेकार जस्तो लाग्छ ।”

जिल्लामा सहकारी, कृषि ज्ञान केन्द्र र स्थानीय तहले कागतीखेतीलाई प्रोत्साहन गरे पनि बजार व्यवस्थापनमा ध्यान पुगेको छैन । आचार्यका अनुसार बिक्री नभएका कागतीबाट अचार, चुक अमिलो जस्ता सहउत्पादन बनाउन प्रोत्साहन गरेमा बजार समस्या समाधान हुन सक्छ । न्यूनतम समर्थन मूल्य तोकेर स्थानीय तहले बिक्री नभएका कागती किनिदिने व्यवस्था भए किसानमा उत्साह थपिने उनको सुझाव छ ।
विर्तामोड–६ का कमलराज विमलीले पनि भारतीय कागतीले बजार खोसेको गुनासो गरे । 

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले बजार समस्याले किसान निराश भएको स्वीकार गर्दै समाधानका उपाय खोज्नुपर्ने बताए । झापामा ३१० हेक्टरमा कागतीखेती हुँदै आएकामा अहिले २७० हेक्टरमा झरेको छ । 

“झापा कागतीखेतीका लागि उर्वर छ, तर स्थानीय खपतले मात्र माग धान्न सक्दैन,” बिष्ट भन्छन् । पहिले व्यापारीले बोटबाटै कागती किन्थे, तर अहिले भारतीय कागतीप्रति आकर्षित भएपछि किसान आफैँ गाउँ–सहर डुल्दै साना सवारीमा कागती बेच्न बाध्य छन् । अर्जुनधारा–३ का कुशल थापाले सिटी रिक्सामा कागती बेच्दै धुलाबारी पुग्दा दिनभरमा जम्मा १० किलोमात्र बिक्री भएको बताए । “हात्ती र बाँदरले नष्ट नगर्ने बाली भन्दै कागतीखेती गर्न लगाइयो, तर अहिले बिक्री हुँदैन । फल कुहिन थालेपछि किसान कसरी बाँच्ने ?” उन प्रश्न छ । 

मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, गौरादहलगायत क्षेत्रमा घरैपिच्छे कागतीखेती हुने गरेको छ । सरकारले कागतीखेतीलाई प्रोत्साहन गरे पनि बजार व्यवस्थापनमा ध्यान नदिँदा किसान समस्यामा छन् । जिल्लामा कम्तीमा ३५० किसानले सुन–१, सुन–२, मद्रासी, युरिका र एनपिआरपी–५५ जातका कागतीको व्यावसायिक खेती गर्दै आएका छन् ।

उत्पादन बढे पनि अचार र जुस उद्योग स्थापना नहुँदा किसानले अपेक्षित आम्दानी लिन सकेका छैनन् । बिष्टका अनुसार कागतीखेतीमा अन्य बालीजस्तो खर्च नहुने भएकाले बजारको वातावरण बनाउन सके किसानलाई फाइदा हुन्छ । दोमट माटो, ५.५–६.५ पिएच र पानी नजम्ने जमिन कागतीखेतीका लागि उपयुक्त मानिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...

भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...

‘उज्यालो गण्डकी’ अन्तिम चरणमा

गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्‍याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...

सरकारले निर्वाचनको वातावरण बनाउन सकेकाे छैन: नेपाल

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमब...

म्याग्दीमा ढुवानीको समस्याले कम मूल्यमा सुन्तला बिक्री गर्दै किसान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकम...

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की

काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष...

बागलुङका १० ठुला सडक स्तरोन्नति गरिँदै

बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending