Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

माओवादी नेतालाई सार्वजनिक मञ्चमा नेतृत्वविरुद्ध बोल्न बन्देज

खबरडबली संवाददाता

काठमाडौं । माओवादीले सार्वजनिक मञ्चमा पार्टी र नेतृत्वको आलोचना नगर्ने निर्णय गरेको छ । सोमबार सकिएको स्थायी समिति बैठकले पार्टी निर्णयविपरीत कुनै नेताले बोले कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिएको छ ।

माओवादी उपमहासचिव जनार्दन शर्माले नेतृत्वविरुद्ध सार्वजनिक मञ्चबाटै टीकाटिप्पणी गर्दै आएको पृष्ठभूमिमा स्थायी समिति बैठकले पार्टी पद्धतिअनुसार मात्र धारणा राख्न नेताहरूलाई निर्देशन दिएको हो ।

स्थायी समितिले पार्टीभित्र गुट वा उपगुट बनाउने प्रवृत्तिलाई विधिसम्मत रूपमा नियन्त्रण गर्ने र त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव शर्माबीच देखिँदै आएको मतभेदलाई स्थायी समिति बैठकले मत्थर पारेको माओवादीका एक नेताले जानकारी दिए । ‘पार्टी पुनर्निर्माणका लागि एकताबद्ध हुने निर्णयसहित सहमति भएकाले दुई नेताबीचको मतभेद थामिएको छ,’ ती नेताले भने, ‘पार्टीले आन्तरिक एकता मजबुत बनाउने निर्णय गरेको छ ।’

उपमहासचिव शर्माले सार्वजनिक मञ्चबाटै अध्यक्ष दाहालको नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका थिए । अध्यक्ष दाहालले पनि उनको अभिव्यक्तिमाथि टिप्पणी गरेका थिए । 

स्थायी समिति बैठकमा ४६ मध्ये ४० नेताले पार्टी प्रणाली बाहिर गएर धारणा राखेको भन्दै शर्मालाई लिखित आत्मालोचना गर्न दबाब दिएका थिए । तर अध्यक्ष दाहालले यसमा जोड गरेनन् । उपमहासचिव वर्षमान पुनले पनि सार्वजनिक रूपमा अभिव्यक्ति दिएबापत तुरुन्तै कारबाही गर्नुभन्दा आगामी दिनमा विधि बनाएर जानुपर्ने बताएका थिए ।

शर्माले अबदेखि पार्टीलाई एकताबद्ध बनाउने, विधि मानेर जाने बताएपछि त्यसलाई नै कमजोरी स्वीकारका रूपमा लिइएको एक पदाधिकारीले बताए । ‘अध्यक्षले चाहेको भए शर्माले लिखित आत्मालोचना दिनुपर्ने निर्णय हुन सक्थ्यो,’ उनले भने ।

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको दाबी गरे । ‘विगतमा उहा (शर्मा) ले पार्टीको माइन्युटमा सही गर्नुभएको थिएन । अब सही गर्छु भन्नुभएको छ,’ उनले भने, ‘अध्यक्षको भनाइलाई पनि महसुस गर्नुभएको छ ।’ माओवादीले नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्ने निर्णय पनि गरेको छ ।

दाहाल र शर्माबीच पुस २०७८ देखि दूरी बढेको थियो । पुस २०७८ मा भएको आठौं महाधिवेशनमा शर्मा र पुन महासचिवका आकांक्षी थिए । तर दाहालले उनीहरू दुवैलाई उपमहासचिवमा राखेर देव गुरुङलाई महासचिव बनाएका थिए । त्यसपछि असन्तुष्ट बनेका शर्माले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणको विषयमा लिखित र मौखिक रूपमा प्रश्न उठाउँदै आएका थिए । 

आफूले प्रश्न गरेकै आधारमा पार्टीले कारबाही गरे विकल्प सोच्ने मनस्थितिमा समेत उपमहासचिव शर्मा पुगेका थिए । उनको मनोविज्ञान र आगामी तयारी विश्लेषण गरी दाहालले कारबाही प्रक्रिया अघि नबढाई समझदारीको बाटो अपनाएको एक पदाधिकारीले बताए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending