Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बागमतीको मुख्यमन्त्रीमा बानियाँ आज नियुक्त हुँदै, शपथलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी

खबरडबली संवाददाता

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बन्ने तय भएको छ। उनले आज मंगलवार साँझ ४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि सोमबार मुख्यमन्त्री नियुक्तिका दाबी पेश गर्न आह्वान गरेका थिए। 

त्यसअनुसार बानियाँले नेपाली कांग्रेसका ३७ र सत्ता साझेदार नेकपा एमालेका २७ सांसदको समर्थनसहित कुल ६४ सदस्यको समर्थन प्राप्त भएको भन्दै मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। 

बागमती प्रदेशसभामा ११० जना सांसद छन् भने सरकार गठनका लागि कम्तीमा ५६ जनाको बहुमत आवश्यक हुन्छ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतको दाबी गर्न सक्ने दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अनुरूप बानियाँलाई नियुक्त गर्न लागिएको हो।

मुख्यमन्त्रीको शपथ लगत्तै बानियाँले मन्त्रिपरिषद् विस्तारसमेत गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेसका एक सांसदका अनुसार आजै केही मन्त्रीहरूको नियुक्ति हुने सम्भावना छ, जसमा कांग्रेस र एमाले दुबैबाट मन्त्री बन्नेछन्।

बागमती प्रदेशसभामा नेपाली कांग्रेस ३७ सदस्यसहित सबैभन्दा ठूलो दल हो। अन्य दलहरूमध्ये एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending