हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बन्ने तय भएको छ। उनले आज मंगलवार साँझ ४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।
पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि सोमबार मुख्यमन्त्री नियुक्तिका दाबी पेश गर्न आह्वान गरेका थिए।
त्यसअनुसार बानियाँले नेपाली कांग्रेसका ३७ र सत्ता साझेदार नेकपा एमालेका २७ सांसदको समर्थनसहित कुल ६४ सदस्यको समर्थन प्राप्त भएको भन्दै मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।
बागमती प्रदेशसभामा ११० जना सांसद छन् भने सरकार गठनका लागि कम्तीमा ५६ जनाको बहुमत आवश्यक हुन्छ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतको दाबी गर्न सक्ने दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अनुरूप बानियाँलाई नियुक्त गर्न लागिएको हो।
मुख्यमन्त्रीको शपथ लगत्तै बानियाँले मन्त्रिपरिषद् विस्तारसमेत गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेसका एक सांसदका अनुसार आजै केही मन्त्रीहरूको नियुक्ति हुने सम्भावना छ, जसमा कांग्रेस र एमाले दुबैबाट मन्त्री बन्नेछन्।
बागमती प्रदेशसभामा नेपाली कांग्रेस ३७ सदस्यसहित सबैभन्दा ठूलो दल हो। अन्य दलहरूमध्ये एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: