कालिकोट । बडिमालिका जाने तीर्थयात्रीका लागि कालिकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको छ । यही साउन २२ गते पूजा हुने बडिमालिकामा तीर्थयात्रीको घुइँचो लाग्ने भएकाले स्वास्थ्य सेवा सञ्चालन गरिएको हो ।
यहाँ हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजाआजा गर्नेको घुइँचो लाग्छ । यस वर्ष पनि साउन २२ गते विशेष पूजाआजा हुँदैछ । पूजा र बडिमालिका दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको हो ।
स्वास्थ्य सेवा सञ्चालन गर्न चिकित्सक टोली आइतबार बडिमालिकातर्फ पठाएको नगरप्रमुख धर्मराज शाहीले बताए । ‘बडिमालिकामा लेक लाग्ने, दम बढ्ने, अन्य दुर्घटनालगायत स्वास्थ्य समस्या भएका बिरामीलाई लक्षित गरी टोली पठाइएको हो’, उनले भने- ‘रास्कोटको बाटो हुँदै एक हजार ५०० बढी तीर्थयात्री बडिमालिका गएका छन् ।’
कालिकोटको रास्कोट नगरपालिका, सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकाबाट फरक–फरक बाटो हुँदै बडिमालिका पुग्न सकिन्छ । शिविरका लागि रास्कोट नगर अस्पतालका डा.कमलप्रसाद बराल, जनकराज न्यौपाने,नागराज बरालसहितको स्वास्थ्यकर्मीको टोली औषधिसहित पठाइएको नगर प्रमुख शाहीले बताए ।
विगत वर्षमा तीर्थालु लेक लागेर बिरामी पर्ने गरेका थिए । यसवर्ष त्यस्तो समस्या नहोस् भनेर स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले बताए । देशभरका श्रद्धालु बडिमालिकाको दर्शन गर्न जाने गर्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: