काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले यस अवधिमा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको नाफा (६ करोड रुपैयाँ) को तुलनामा झण्डै २४८ प्रतिशतको वृद्धिदर हो।
संस्थाको मुख्य आय स्रोत — कुल खुद ब्याज आम्दानी — ६७.४७ प्रतिशतले वृद्धि भई ७३ करोड ८८ लाख रुपैयाँमा पुगेको छ। गत वर्ष सोही अवधिमा यो आम्दानी ४४ करोड ११ लाख रुपैयाँ मात्र थियो।
सञ्चालन मुनाफा पनि उल्लेखनीय रुपमा बढेर ८ करोड ४९ लाख रुपैयाँबाट ३० करोड १७ लाख रुपैयाँमा पुगेको छ, जुन २५५ प्रतिशतभन्दा बढी वृद्धिदर हो।
चुक्ता पूँजीमा १४.२५ प्रतिशतले वृद्धि हुँदै यो ७३ करोड ३० लाख रुपैयाँ पुगेको छ। संस्थाको जगेडा कोष पनि १३.८६ प्रतिशतले बढेर ३७ करोड ७ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफा १६ करोड ३६ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६२.७० प्रतिशतले बढेको हो।
कम्पनीको कर्जा प्रवाह १० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.३५ प्रतिशतले बढेको हो। ग्राहक निक्षेप १४.५४ प्रतिशतले वृद्धि भई ३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने ऋण संकलन ६ अर्ब ४५ करोड रुपैयाँमा पुगेर ०.९३ प्रतिशतको वृद्धिदर देखिएको छ।
जोखिम नियन्त्रणतर्फ पनि संस्थाले सुधार देखाएको छ। निष्क्रिय कर्जा अनुपात (NPL) ४.८१ प्रतिशतबाट घटेर ४.४८ प्रतिशतमा झरेको छ। त्यस्तै, फण्डको लागत पनि ८.४४ प्रतिशतबाट घट्दै ७.१३ प्रतिशतमा झरेको छ। यद्यपि, पूँजी पर्याप्तता अनुपात भने १०.११ प्रतिशतबाट घटेर ९.९७ प्रतिशतमा झरेको छ।
प्रति सेयर आम्दानी (EPS) ९ रुपैयाँ ३७ पैसाबाट बढेर २८ रुपैयाँ ५५ पैसामा पुगेको छ भने प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ ९० पैसा कायम भएको छ। कम्पनीको पीई रेसियो ३१.३८ गुणा रहेको छ र हालको बजार मूल्य प्रति सेयर ८९५ रुपैयाँ ८१ पैसा छ।
अझ सशक्त लाभांश क्षमता, कम हुँदै गएको जोखिम र मजबुत सञ्चालन आम्दानीको कारण आशा लघुवित्तको समग्र वित्तीय अवस्था मजबुत दिशातर्फ उन्मुख देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: