काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियड प्रावधान हटाउन गरिएको चलखेलमा संलग्न व्यक्तिहरूको नाम प्रतिवेदनमा समावेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ र विपक्षी दलबीच मतभेद देखिएपछि छानबिन समितिको प्रतिवेदन अन्तिम निर्णयविना रोकिएको छ।
विशेष अध्ययन तथा छानबिन समितिले आइतबार रातिसम्म बैठक गरे पनि निष्कर्षमा पुग्न सकेन। प्रतिपक्षी दल माओवादी केन्द्र लगायतले दोषीहरूको नाम उल्लेख गरी कानुनी कारबाही सिफारिस गर्नुपर्ने अडान राखेका छन्। तर सत्तापक्ष नेपाली कांग्रेस र एमालेले सामान्य मानवीय त्रुटि भन्दै प्रतिवेदन टुंग्याउनुपर्नेमा जोड दिएका छन्। समितिको अर्को बैठक सोमबार बिहान ७ बजे बस्ने तय भएको छ।
प्रतिपक्षी सदस्यहरूले राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरा, संसद् महासचिव पदम पाण्डे, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू उदय सापकोटा, फणीन्द्र गौतम, रविलाल पन्त र सहसचिव सुवास भट्टराईलाई दोषीका रूपमा प्रतिवेदनमा उल्लेख गर्नुपर्ने माग गरेका छन्। तर सत्तापक्षका सदस्यहरूले नाम नलिएर त्रुटिमात्रै जनाउने प्रस्ताव गरेका छन्।
समितिमा सभापति जीवन परियारसहित सत्तापक्षका चार सदस्य र विपक्षी दलका तीन सदस्य छन्। सत्तापक्षले बहुमतको आधारमा प्रतिवेदन टुंग्याउने प्रयास गरे पनि प्रतिपक्षले असहमतिको टिप्पणी (नोट अफ डिसेन्ट) दिने चेतावनी दिएपछि सहमतिका लागि बैठक स्थगित गरिएको हो। राप्रपा सांसद रोशन कार्कीले भनिन्, "बहुमतका आधारमा निर्णय भए हामी नोट अफ डिसेन्ट लेख्छौं।"
आइतबार बिहान ७ बजे सुरु भएको पहिलो बैठक दिउँसो १ बजेपछि स्थगित भएको थियो। त्यसपछिको समयमा सत्तापक्षका सदस्यहरू एमाले संसदीय दलको कार्यालयमा बसेर कांग्रेससँग परामर्शमा जुटेका थिए। सो बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले "सिंगो संसद् संलग्न रहेको अवस्थामा कसको नाम किटान गर्ने?" भनेर प्रश्न गरेका थिए। त्यसपछि एमाले–कांग्रेसका सदस्यहरूले कसैको नाम उल्लेख नगरी प्रतिवेदन तयार पार्ने सहमति बनाएका थिए।
त्यसैबीच प्रतिपक्षी सदस्यहरू भने छानबिन समितिको बैठकका लागि प्रतीक्षारत थिए। साँझ २ः३० बजे सत्तापक्षका सदस्यहरू फर्किएपछि छलफल पुनः सुरु भयो। तर रातिसम्मको लामो छलफल पनि निष्कर्षविहीन रह्यो। समितिका सभापति परियारले सबै पक्षको सहमतिमा प्रतिवेदन तयार पार्ने प्रयास भइरहेको बताए।
संसदले २३ असारमा संघीय निजामती सेवा विधेयकको दफा ८२(४) मा रहेको दुई वर्षे कुलिङ पिरियडलाई निष्क्रिय बनाउने संशोधन प्रकरणको छानबिनका लागि सात सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिमा सभापति जीवन परियारसहित सुशीला थिङ, ईश्वरी न्यौपाने, नारायण आचार्य, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य छन्। प्रारम्भिक २१ दिनको समयसीमा सकिएपछि थपिएको सात दिनको म्याद पनि आइतबार नै सकिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: