Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पत्रकार नेपालीमाथि रास्वपाकाे दुर्व्यवहार, प्रेस सेन्टर र पत्रकार महासंघद्वारा विरोध

खबरडबली संवाददाता

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरद्वारा आयोजित नगर अधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति प्रेस सेन्टर नेपाल र नेपाल पत्रकार महासंघ उदयपुर शाखाले आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

शनिबार त्रियुगा नगरपालिका–३ स्थित होटल इम्पायर इनमा आयोजित रास्वपाको पहिलो नगर अधिवेशनमा समाचार संकलन गर्न बोलाइएका पत्रकार राकेश नेपालीमाथि फोटो र भिडियो खिचेको भन्दै दुर्व्यवहार गरिएको हो ।

प्रेस सेन्टर नेपाल १ नम्बर प्रदेशका सचिव तथा कान्तिपुर राष्ट्रिय दैनिक उदयपुरका संवाददाता राकेश नेपालीमाथि दुर्व्यवहार भएको पुष्टि प्रेस सेन्टर उदयपुरका जिल्ला सचिव दिनेश राईले गरे । उनका अनुसार, "रास्वपाको नगर अधिवेशनको समाचार संकलनका लागि नेपाल पत्रकार महासंघ उदयपुर शाखामार्फत पत्रकारहरूलाई निमन्त्रणा गरिएको थियो । धेरैजना नगए पनि राकेशजी पुग्नुभएको थियो । तर, फोटो–भिडियो खिचेको भन्दै उहाँमाथि अपमानजनक व्यवहार गरियो ।"

पत्रकार नेपालीका अनुसार, रास्वपाकी नेतृ सरिन तामाङले कार्यक्रम स्थलमै क्यामेरा खोस्नुका साथै फोटो खिच्न रोक लगाएकी थिइन् । त्यसपछि उनी कार्यक्रम स्थल छाडेर फर्किएका थिए । 

घटनापछि प्रेस सेन्टर उदयपुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "सञ्चारकर्मीमाथिको अपमान र दुर्व्यवहार प्रेस स्वतन्त्रतामाथिको खुला प्रहार हो ।" सेन्टरले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

यसैगरी, नेपाल पत्रकार महासंघ उदयपुर शाखाले पनि विज्ञप्ति जारी गर्दै घटनाको कडा भर्त्सना गरेको छ । महासंघका सचिव तुलसीप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रास्वपाको औपचारिक निमन्त्रणामा पत्रकार सहभागी भएका थिए। यस्तो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पुर्‍याएको छ । दोषीलाई कारबाही गर्न हामी सम्बन्धित निकायसँग आग्रह गर्दछौं ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending