हुम्ला । जनता आवास कार्यक्रममार्फत न्यून आय भएका लक्षित वर्गका लागि निर्माण गरिएका घरहरू प्रयोगविहीन बनेका छन् । हुम्ला जिल्लाका विभिन्न चार स्थानमा सरकारी लगानीमा निर्मित यस्ता घरहरू सेवाग्राहीले प्रयोगमा नल्याएको पाइएको छ ।
अदानचुली गाउँपालिका–२, मकैमा जनता आवास कार्यक्रमको आर्थिक सहयोगमा निर्मित नौ वटा घर प्रयोगविहीन रहेको स्थानीय दत्त बुढाले बताए । उनका अनुसार, बजेट प्राप्तिको लोभमा अपायक स्थानमा घर बनाइएकाले सेवाग्राहीले ती घर प्रयोग गर्न नचाहेका हुन् । प्रतिघर साढे तीन लाखभन्दा बढी लगानीमा निर्मित तीनकोठे यी भवनहरू न्यून आय भएका गरिब तथा दलित परिवारले आफैंले बनाएका हुन् । बुढाले घर निर्माण गरिबका लागि सकारात्मक भए पनि ती प्रयोगमा नआउनुको कारण खोजिनुपर्ने बताए ।
यस्तै, खार्पुनाथ गाउँपालिका–२, सेराडिलको औल बस्तीमा सरकारी सहयोगमा निर्मित ११ वटा घर पनि प्रयोगमा नआएको स्थानीय कर्णबहादुर छत्यालले जानकारी दिए । उनका अनुसार, उक्त स्थान हिउँदमा पशुचौपाया पाल्न मात्र प्रयोग हुने भएकाले निर्माण भएदेखि नै ती घर खाली छन् । घर निर्माणपूर्व आवश्यक अध्ययन नगर्दा सरकारी लगानी बालुवामा पानी भएको उनले बताए ।
त्यसैगरी, खार्पुनाथ गाउँपालिका–५, याङ्चुमा २७ दलित घरधुरीका लागि बनाइएका भवनहरू पनि प्रयोगविहीन भई जीर्ण बन्दै गएको स्थानीय पारस शाहीले बताए । छ वर्षअघि दुई लाख ७० हजार रुपियाँको सरकारी सहयोगमा निर्मित यी भवन गाउँपालिका केन्द्रनजिकै भए पनि प्रयोगमा आएका छैनन् । सिमकोट गाउँपालिका–५ र ६ को गुम्बामा निर्मित तीन वटा भवन पनि पहुँचका आधारमा निर्माण गरिएकाले प्रयोगमा नआएको स्थानीय सुरेश परियारले बताए ।
परियारका अनुसार, छनोटमा परेका लक्षित वर्गसँग पहिल्यै घर भएकाले उनीहरूले सहयोग रकमबाट नयाँ घर बनाएर बजेट सिध्याए, तर बस्न नचाहँदा जस्तापाताले छाएका यी भवन प्रयोगविहीन छन् । सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतले मागअनुसार भवन निर्माण हुने तर प्रयोगमा नआउने समस्या हुम्लामा देखिएको बताए । यस्ता भवनको उपयोग सुनिश्चित गर्न नयाँ उपाय अवलम्बन गर्न लागिएको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: