काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगले पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै सत्य तथा न्याय सुनिश्चित गर्न दृढ रहने प्रतिबद्धता जनाएको छ ।
सो आयोगसम्बन्धी ऐन, २०७१ मा भएको तेस्रो संशोधनअनुरूप नियमावली तयार गर्न पीडित र सरोकारवालासँग आयोगले परामर्श गरेको थियो । उक्त कार्यक्रममा सरोकारवालालाई केन्द्रमा राखी उनीहरुको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
आयोगले पूर्वपदाधिकारी, पूर्व सचिव, बेपत्ता पारिएका व्यक्तिका परिवार, सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा सरोकारवालासँग परामर्श लिएको थियो ।
परामर्शमा मुख्यतः आयोगमा रहने इकाई, त्यसमा रहने विषय विज्ञ, सत्य अन्वेषण, छानबिन तथा अनुसन्धानका व्यवस्था, परिपूरण, मनोसामाजिक परामर्श, सुरक्षा, गोपनीयतासँग सम्बन्धित व्यावहारिक चुनौती तथा अवसरका बारेमा सुझाव प्राप्त भएको आयोगका सदस्य एवं प्रवक्ता सिर्जना पोखरेलले जानकारी दिइन् ।
विगतका कानुनी एवं व्यावहारिक चुनौती र आगामी दिनमा गर्नुपर्ने सुधारका बारेमा विस्तृत छलफल भएको आयोगले जनाएको छ । ऐनमा भएको तेस्रो संशोधनअनुसार तयार गरिएको आयोगको नियमावलीमा प्राप्त सुझावले कार्य सञ्चालनलाई विधिसम्मत बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्राप्त सुझावलाई नियमावलीको प्रारम्भिक मस्यौदामा समावेश गरी सरकारसमक्ष परामर्श दिने प्रतिबद्धता जनाइएको पनि उनले बताइन् । सो सुझावले पीडित मैत्री किसिमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन कोशेढुङ्गा साबित हुने अपेक्षा आयोगको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: