काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पार्टीभित्रको अन्तरविरोधलाई बाहिर लगेकोमा उपमहासचिव जनार्दन शर्मासँग आपत्ती जनाएका छन् । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा एजेन्डा प्रस्तुत गर्दै प्रचण्डले शर्माको पछिल्लो गतिविधि पार्टी हितमा नभएको बताएका हुन् ।
आन्तरिक विवादलाई आगामी दिनमा बाहिर नलैजान प्रचण्डले शर्मालाई सचेत गराएका एक नेताले जानकारी दिए । ‘पार्टीभित्र अन्तरविरोधको विषयमा जनार्दनजीको लगातार अभिव्यक्ति आएका छन् । यसलाई रोक्नुपर्यो’ प्रचण्डले बैठकका एजेण्डा प्रस्तुत गर्दै भने, ‘यस्ता गतिविधिले पार्टीको हित गर्दैन ।’ बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रूपमा बोल्दै हिँड्ने शैली गलत भएको भन्दै प्रचण्डले त्यो छुट नहुने बताए ।
अन्य नेताहरूले पनि आन्तरिक कुरा बाहिर लैजान बन्द गर्नुपर्ने उनको जोड छ । पार्टीका सामान्य अन्तरविरोधलाई मिडियाले उछाल्ने काम गरेको भन्दै उनले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताएका थिए । पछिल्लो समय पार्टीभित्र विचार समूहभन्दा पनि स्वार्थ समूह हाबी भएको भन्दै प्रचण्डले त्यसलाई विघटन गर्नुपर्ने बताए ।
नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा असार ६ गते जनार्दनले मनमोहनबाहेक नेपालका सबै पूर्वप्रधानमन्त्रीले असुली धन्दा चलाएको भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए । त्यसयता जनार्दन निकट भनिएकाहरुले प्रचण्डमाथि प्रहार गरिरहेका छन् । यो विषयमा माओवादीको स्थायी समिति बैठकले ठोस निर्णय लिने नेताहरुले बताएका छन् ।
अब सरकार बनाउने भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्नेमा प्रचण्डले जोड दिएका छन् । १० बुँदे ब्रिफिङमार्फत उनले संगठन निर्माणमा पार्टीलाई केन्द्रित बनाउनुपर्ने विषयमा जोड दिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पार्टीको स्थगित अभियान वर्षा सकिएपछि सुरु गर्ने प्रचण्डको प्रस्ताव छ । पार्टीको अभियान सकिएपछि केन्द्रीय कमिटी बैठक बस्नेछ । सो बैठकले केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने पौडेलले जानकारी दिए ।
प्रचण्डले राखेको एजेन्डामाथि शनिबारदेखि नेताहरूले धारणा राख्ने बताइएको छ । शनिबार ११ बजे बैठक बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १७:२०
कङ्गो । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) सरकारले डिसेम्बरको सुरुदेखि देशको पूर्वी प्रान्त दक्षिण किभुमा बढ्दो हिंसाका कारण एक हजार ५०० भन्दा ब...
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...




प्रतिकृया लेख्नुहोस्: