बाजुरा । मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको करिब एक महिना भयो । एक महिना बितिसक्दा पनि सडक खुल्न सकेको छैन् ।
सडक अवरुद्ध हुँदा यहाँका स्थानीयवासी र बटुवाले सास्ती खेप्न बाध्य छन् । बर्खा यामको समयमा उक्त सडक खण्ड अवरुद्ध हुँदा आवतजावत देखि खाद्यान्न ढुवानी गर्न समस्या हुने गरेको छ । सडक माथिबाट पहिरो आएर अवरुद्ध भएको सडकलाई मर्मत गर्न नसक्दा मार्तडी कोल्टी सडक खण्डको तिन ठाउँमा सडक बिग्रिएको छ ।
विशेष गरी पुर्वीउत्तरी क्षेत्रका चार वटा पालिकाका नागरिकहरूले ठुलो समस्या भाग्नुपरेको अवस्था छ । मार्तडी कोल्टी सडक खण्डमा पर्ने बडीपालिका नगरपालिका ७ को जिल्ली, रजातोली र भ्यासुपातलमा सडक अवरुद्ध हुँदा नागरिकहरूलाई गाडीको यात्रा गर्न निकै कष्टकर बनेको छ । मार्तडी कोल्टी सडक खण्डको ४२ किलोमिटर सडकमा चार वटा गाडी बदल्नुपर्ने बाध्यता रहेको छ । मार्तडी कोल्टी सडक खण्ड सङ्घीय सडक भएता पनि यसको रेखदेख तथा मर्मत निर्माण कार्य सडक पूर्वाधार विकास कार्यालय अछाम अन्तर्गत हो । तर सडक सुचारु गर्न उक्त कार्यालयको ध्यान नदिएको स्थानीय उमेश रोकायाले बताए ।
यहाँका नागरिकहरूले मार्तडी कोल्टी सडक खण्डमा चार वटा गाडी बदल्दै मार्तडी आउजाउ गर्नुपर्ने बाध्यता भएको उनले भने । मार्तडी कोल्टी सडक खण्डमा १५ सय भन्दा बढी भाडा तिर्नुपर्ने बाध्यता रहेको हांशि संन्ज्यालले बताए ।
घरबाट मार्तडी तर्फ आइसकेपछि बाटोमा उनले ठुलो समस्या भोग्नु पर्यो । कोल्टीबाट मार्तडीसम्म चार वटा गाडी फेरबदल गरेर एक हजार पाँच सय रुपियाँ भाडा तिरे हांशिले भने । उनि प्रतिनिधि पात्र मात्र हुन । उनि जस्तै अरू नागरिकले पनि यस्तै समस्या भोग्नु पर्ने अवस्था बाजुरामा रहेको छ ।
यता प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले मार्तडी कोल्टी सडक खुलाउने प्रयास भइरहेको बताए । उनले नागरिकहरूका समस्याहरूलाई स्वीकार गर्दै सम्बन्धित निकायलाई सडक खुलाउन ताकेता गर्दै आएको बताए । यहाँका सम्बन्धित पालिकाहरूलाई सडक सुचारु गर्न आग्रह गर्दा पनि सुनुवाइ नगर्ने गरेको प्रजिअ पाध्याको भनाई छ ।
मार्तडी कोल्टी सडक खण्ड अवरुद्ध हुँदा नागरिकहरूले ठुलो दुख पाएको बताउँदै सम्बन्धित पालिका र सडक पूर्वाधारलाई यसको मर्मत कार्य गरी सडक तत्काल सुचारु गर्न निर्देशन दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: