Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

बाँकेमा मलको चरम अभाव

खबरडबली संवाददाता

नेपालगन्ज। खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव भएको छ । प्रयाप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् ।

बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले बताए ।

शाखा प्रबन्धक श्रेष्ठले आर्थिक वर्ष २०८१र०८२ मा छ हजार मेट्रिक टन युरिया, दुई हजार पाँच सय मेट्रिक टन डिएपी, तीन सय मेट्रिक टन पोटास गरी जम्मा आठ हजार आठ सय ८०० मेट्रिक टन मल वितरण गर्ने लक्ष्य रहेकोमा सो अनुसारको मल प्राप्त नभएको बताए।

जिल्लामा माग अनुसार युरिया र रासायनिक मल नआएपछि किसानलाई समस्या भएको उनको भनाइ छ । आर्थिक वर्ष २०८१र०८२ मा युरिया मल चार हजार ८४५ मेट्रिक टन र दुई हजार ९०८ टन डिपिए मल आएको थियो भने सोही अवधीमा २७१ मेट्रिक टन पोटास मात्र प्राप्त भएको थियो ।

मल अभाव हुनुका प्रमुख कारण माग अनुसारको मल नपाउनुनै रहेको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेले जनाएको छ ।

आवश्यकता अनुसारको वर्षा नभए पनि जिल्लामा हालसम्म ९०।९ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतका अनुसार सिँचाइ पुगेको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको छ भने बाँकी ठाउँमा अन्य विधिबाट सिँचाइ गरी रोपाइँ गर्ने क्रम जारी रहेको छ ।

किसानहरुका अनुसार अहिले बाँकेमा धान खेतीको समय हो । त्यसका लागि प्रमुख रूपमा चाहिने रासायनिक मल युरिया हो । माग अनुसार अनुदानको रासायनिक मल प्राप्त नभएपछि सीमावर्ती क्षेत्रका किसानहरू भारतीय बजारबाट अवैध रूपमा रासायनिक मल ल्याउन बाध्य भएको डुडुवा कम्दीका किसान सुरज मौर्यले गुनासो गरे। उनले मलको चरम अभावका कारण मल लिन सीमापारी जानु परेकाले  भारतीय सुरक्षाकर्मी एसएसबीले फेला पर्दा नियन्त्रणमा लिने र अभद्र व्यवहार समेत गर्ने गरेको बताए।

भारत मल ल्याउँदा नेपाली सुरक्षाकर्मीले पनि दु:ख दिने गरेको किसानहरूले बताएका छन् । ‘‘मलको अत्यधिक समस्या छ, मल पाइँदा पनि माग अनुसार पाउँदैनौं, मल अभावमा बढी मूल्य तिरेर समेत भारतबाट ल्याउँदा दुवै देशका सुरक्षाकर्मीबाट पिडित हुनु परेको छ ।’’ नेपालगन्ज जयसपुरका किसान साबिर अलीले भने। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसएलआर राइफलको गोलीसहित एक पक्राउ

इलाम। इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोलीससहित एक जनालाई पक्राउ गरेको छ ।  सन्दकपुर–३ स्थित कोइराला गाउँमा संकास्पद ढंगले...

बीपी राजमार्ग बन्द: यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

बनेपा। काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी पर...

२७ परिवारका ८९ जनालाई सुन्दरीघाट पुर्‍याइयो

काठमाडौँ । सरकारले शनिबार काठमाडौँका थापाथली र गैह्रीगाउँस्थित दुई सुकुम्वासी बस्तीमा डोजर चलाएर खाली गराएको छ। काठमाडौँ महानगरपालिकाले प्रहरीको सह...

अहिलेसम्म २३ परिवारले आफ्नो विवरण दर्ता गराए

काठमाडौं । सरकारले सुकुम्वासी बस्ती हटाएपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मा स्थापना गरिएको होल्डिङ सेन्टरमा तथ्याङ्क सङ्कलन कार्य जारी राखेको छ। ...

अभिव्यक्तिमा विवादपछि रास्वपा सांसद विश्वराजले मागे माफी, भएको के थियो ?

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका विश्वराज पोखरेल ले सार्वजनिक रूपमा माफी मागेका छन्। ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआइजीसमेत र...

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरु

रामल्लाह। गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैँक र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्...

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौ...

कानुन व्यवसायीमाथि हातपात

खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् । नेपालगन...

गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्न डोजर सुरु

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले काठमाडौंका ...

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending