सल्यान । साउन महिना मध्यतिर पुग्दासमेत पर्याप्त वर्षा नहुँदा सल्यानका विभिन्न ठाउँमा धान खेती प्रभावित बनेको छ । पानी अभावका कारण किसानहरूले मुरी फलाउने समयमै रोपाइँ गर्न सकेका छैनन् भने रोपेको धान पनि सुक्न थालेको छ ।
वर्षभरिका लागि खान पुग्ने धान उत्पादनमा असर पर्ने देखिएपछि किसानहरू चिन्तित बन्दै गएका छन् । खडेरीकै कारण कतिपय किसानहरू मोटर पम्प, इनार वा नजिकैको खोलाबाट पानी तानेर सिचाई गर्न बाध्य छन् तर सबैसँग यस्तो स्रोत नहुँदा धेरै किसानको खेत बाँझो बस्ने सम्भावना बढेको छ ।
लामो समयसम्मको खडेरीले धान खेती गर्न नसकेपछि सल्यानका किसानहरूले परम्परागत धार्मिक विधिमा आस्था राख्दै भूमि देवीको पूजा सुरु गरेका छन् । जलका देवता र भूमिको रक्षार्थ बनगाड कुपिण्डे नगरपालिका अम्रा, घाटगाउँ, बुरेली, बस्नेउरा, माल्पेका स्थानीयले लामो समय पछिको खडेरीले खेतीयोग्य जमिन बाझै हुन थालेपछि भुमी देवताको पूजा गरेका छन् ।
उनीहरुले कुमाख गाउँपालिका २ को भुवनेश्वरी मन्दीरको सिद्ध गुफामा पुगेर पुजा गर्दै पानी मागेका छन् । लामो समयसम्म पानी नपरेर अहिले सम्म रोपाइ गर्न नपाएको र खेतबारीमा लगाइएका अन्नबाली सुक्न थालेपछि भुमे पूजा गरेर पानी माग गरेको बनगाड कुपिण्डे नगरपालिका १ किसान लोग बहादुर बुढाले बताए । उनका अनुसार परापूर्वक कालदेखि नै भुवनेश्वरी मन्दिरको सिद्ध गुफामा पुगेर भुमे पूजा गर्दा पानी पर्ने गरेको किम्बदन्ती रहेको छ । विगतमा जस्तै यसवर्ष पनि लामो समय देखि खडेरी परेपछि यहाँ पूजाआजा गरेर पानी मागिएको उनले बताए। परापूर्व कालदेखि नै लामो समयसम्म पानी नपरी खडेरी हुँदा यहाँका भुमे देवतालाई पूजा गर्दा पानी परेको र पूजा गरेपछि पानी परेको किम्बदन्ती अहिलेसम्म पनि यथावत रहेको छ ।
सल्यानको पश्चिम क्षेत्रमा वर्षा नँहुदा धानको व्याड खेतमै सुक्न थालेको छ । असार अन्तिम र साउनको पहिलो साता गत वर्षहरुमा धान रोपाइ सकिन्थ्यो। तर, यसपटक भने असार सकिएर पनि साउनको पहिलो हप्तासम्म पानी नपर्दा धान व्याड सुक्न थालेको किसान हुर्मत ऐरीले बताए। सिंचाइ कुलोमा पानी ल्याएर थोरै रोपेका खेतमा समेत सिंचाइ नपुग्दा धान सुक्न थालेको उनको भनाइ छ। खेतमा पानी पु¥याउन किसानहरुलाइ हानथाप छ। कति ठाउँमा त पानीकै लागि झैझगडा मनमुटाव सुरु भएको छ ।
कुमाख गाउँपालिका आसपासमा पनि लामो समयसम्म पानी नपरेपछि लगाएको धान र अन्नबाली सुक्न थालेपछि मोटरको सहायताले पानी सिचाई गर्न बाध्य भएका छन् । खडेरीले खोलानै सक्न थालेपछि तथा सडक निर्माणका क्रममा सिचाई कुलोहरु पुरिँदा कुमाख गाउँपालिका १ र २ का किसानहरुले मोटरको सहायताले सिंचाई गर्दै आइरहेका छन्। एक रोपनी खेतमा सिंचाई गर्दा १२ देखि १४ सय रुपैयाँसम्म खर्च हुँदै आइरहेको कुमाख गाउँपालिका १ का मदन लामिछानेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: