Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

माओवादीमा विकास भएको मुसा प्रवृत्ति: आफूले काक्रा खाएर बियाँ अरुको निधारमा !

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले मंगलबार एक विवादीत र गैरराजनीतिक अभिव्यक्ति दिएका छन् । 

प्रभाकरबाट बिस्तारै जर्नादन शर्मा हुँदै गएका उनले पार्टी नेतृत्वलाई निरन्तर खुइलाउनका लागि विभिन्न फण्डा गर्दै आइरहेका छन् । मंगलबार पनि उनले पार्टी नेतृत्वमाथि प्रहार गर्नका लागि मनमोहन अधिकारीबाहेक सबै वामपन्थी पूर्वप्रधानमन्त्रीले भ्रष्टाचार गरेको निराधार आरोप लगाएका छन् ।

तर, जर्नादनले आफू नै राज्यकोषदेखि राज्य शक्तिको केन्द्रमा बसेर सत्ताको चास्नीमा डुबेको कुरा स्मरण गरेनन् । अर्थमन्त्री, गृह, ऊर्जामन्त्री हुँदा उनले गरेका क्रियाकलापमा उठेको प्रश्नको उत्तर नदिएरै जर्नादनले पार्टी नेतृत्वमाथि प्रहार किन गरिरहेका छन् ? राज्यका प्रमुख मन्त्रालयको नेतृत्व त्यो पनि पटक पटक लिने र दोष अरुलाई थोपर्ने काम कसको हितमा भइरहेको छ ? स्वदेशका भट्टको हो कि विदेशका भट्टको योजनामा यो काम भइरहेको छ । विचौलियाको आरोप लाग्ने गरेका दीपक भट्टसँगको साझेदारीमा उठेका प्रश्नको उत्तर उनले दिनुपर्दैन ?

एकजनाले छिमेकीको काक्रा चोरेर खाएछ, छिमेकीले थाहा पाउँछ कि भन्ने डरले एक सोझो व्यक्तिलाई निधारमा काक्राको बियाँ टाँसेमा राम्रो हुने जुक्ति दिएछ । सोझो व्यक्तिलाई काक्राको बियाँ निधारमा लगाइदिएर छिमेकीकोमा पुगेर त्यहीँ सोझो व्यक्तिलाई काक्राको बियाँ टाँसेकै आधारमा चोरमा परिणत गरे जस्तैगरी आधारहीन र तथ्यहीन कुरा गरेर पार्टीलाई कता लैजाने प्रयास हुँदैछ ?

अर्थ र गृह मन्त्रालयको नेतृत्वमा हुँदा हुँदा उठेका प्रश्नको उत्तर दिनु नपर्ने, पार्टीका मिडिया संचालनका लागि लिएको करोडौँ रकमको हिसाब पनि देखाउन नपर्ने, आफूले जावलाखेलको चिडिया खाना नजिकै किनेको घरको स्रोत पनि देखाउन नपर्ने, दाजुभाइ, नातागोता र आफन्तका नाममा ठडिएका घर, जग्गा र सेयरको हिसाब पनि देखाउन नपर्ने, पार्टी नेतृत्वविरुद्ध निरन्तर पैसा परिचालन गरेर गरिएको अराजनीतिक गुटबन्दीको स्रोत पनि देखाउन नपर्ने ? अझ स्वतन्त्र छानविनको वकालत गर्न कमरेड जर्नादनलाई कुन नैतिकताले दिन्छ ? कि स्वतन्त्र व्यक्ति दीपक भट्ट नै हुन् ?  जनमैत्री अस्पतालदेखि विभिन्न विचौलियासँग जोडेर उठेका प्रश्नको उनले जवाफ नदिएर नेतृत्वलाई तथ्यहीन आरोप लगाएर उन्मुक्ति पाउन सकिन्छ कमरेड ?

जर्नादनले पार्टी नेतृत्वको विरुद्ध निरन्तर आक्रमण गर्न कुन शक्तिले लगाएको भन्ने कुराको जवाफ अब दिनुपर्छ । मुसाले भकारीको संरक्षणको माग गरेजस्तै कमरेड जर्नादनले भ्रष्टाचारको छानबिनको माग गरेपछि पार्टी भित्र नयाँ बसह सुरु भएको छ ‘मुसा प्रवृत्ति’ । यो मुसा प्रवृत्ति तार काटेको प्रशंगसँग पनि कतिपयले जोडेका छन् ।

सामाजिक संजालमा पनि यसबारेमा बहस सुरु भएको छ । युवा नेता लेखनाथ न्यौपाने लेख्छन्, ‘राजनीतिमा लागेर जजस्ले अकुत सम्पत्ति थुपारे उनीहरुले नै सम्पत्ति छानविनको माग गर्नु जस्तो बेइमानी अरु के होला ?’

अर्का नेता ओमविक्रम भाट सरलले लामो स्टाटस लेखेर प्रश्न गर्छन, ‘मुसा  प्रवृत्तिले सर्टिफिकेट बाँड्नु भन्या जो चोर उसकै ठूलो स्वर भएन र भन्या ?’ माओवादी आन्दोलनको नेतृत्व गरिरहेकाहरुले नेतृत्वमाथिको आक्रमणको निन्दा गरेका छन् । पछिल्ला समय जर्नादनबाट भएको अराजनीतिक गतिविधिको प्रतिवाद गर्न जरुरी छ । नेतृत्वलाई खुइलाएर ‘प्रचण्ड’ बन्ने सपना देख्ने मुसा प्रवृत्तिका बारेमा पार्टी नेतृत्वले अब छलफल गर्न आवश्यक छ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending