काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउने भन्दा लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको बताएका छन् ।
पार्टीको प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पूर्व राष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भएपनि लोकतन्त्र कमजोर हुने उनको नाइ छ ।
‘विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ । उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो,’ हिजो सकिएको केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्दै पोखरेलले भने, ‘तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ ।’
एमालेको सदस्यता नविकरण नहुँदा उहाँ घरमा बस्नुहुन्छ भन्ने पार्टीको अपेक्षा नरहेको उनको भनाइ छ । उनी अभिभावक भएकोले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नुलाई अस्वभाविक नभएको पोखरेलको भनाइ छ ।
पत्रकारहरुको प्रश्नको जवाफमा महासचिव पोखरेलले योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रुपमा उम्मेद्वार हुन पाउने बताए । ‘योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन्, हामीले कसैलाई छेकेका छैनौ,’ महासचिव पोखरेलले भने, ‘तर केन्द्रीय कमिटीको एक मतले मिसन ०८४ को नेतृत्व केपी ओलीले नै गर्नु पर्दछ भनेको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १५:११
फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...
चैत्र २० गते, २०८२ - १४:५४
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालय परिसरमा अनधिकृत रूपमा सक्रिय रहदै आएका ‘बिचौलियाहरूको प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । ...
चैत्र २० गते, २०८२ - १४:४६
काठमाडौँ। प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको ...
चैत्र २० गते, २०८२ - १४:३४
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक बसेको हो। य...
चैत्र २० गते, २०८२ - १४:०४
सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट काँकडभि...
चैत्र २० गते, २०८२ - १३:४७
सर्लाही। सर्लाहीको गोडैतामा एसईईको परीक्षा केन्द्रभित्रै मोबाइल फोन लगेर चिट चोरी गर्ने तीन जना परीक्षार्थी शुक्रबार पक्राउ परेका छन् । गोडैता नगर...
चैत्र २० गते, २०८२ - १३:३९
दमक। दमकमा रातिको समयमा मादक पदार्थ र लागु औषध सेवन गरेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको ...
चैत्र २० गते, २०८२ - १२:५८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डोलप्र...
चैत्र २० गते, २०८२ - १२:५२
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ। सभामुख निर्वाचनका लागि आज दिउँ...
चैत्र २० गते, २०८२ - १२:३१
काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल ले सत्तापक्षसँग संसद्मा ...


प्रतिकृया लेख्नुहोस्: