काठमाडौं। पुर्व राष्ट्रपति बिधादेवी भण्डारीका सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नबिकरण नगर्ने एमाले केन्द्रिय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् ।
हिजो सम्पन्न केन्द्रिय समितिको बैठकले यसअघि नै नविकरण भइसकेको पुर्व राष्ट्रपति भण्डारीको सदस्यता ‘रोक्ने’ निर्णय गरे पछि उनले सामाजिक सञ्जालवाट यस्तो टिप्पणी गरेकी हुन्
‘तपाईहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें, तपाईहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट म चाहीं अच्चमित छैन्। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
‘अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुदैँन ?’ उनले प्रश्न गर्दै भनेकी छिन, ‘हामीलाई त आमाले राजनिती गर्न मन छैन भने पनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो।’
उनी अगाडी लेख्छिन्, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्। र, नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो, त्यस कारण यो प्रकरणलाई धन्यवाद !’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १६:५८
काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय ...
चैत्र २० गते, २०८२ - १६:५४
काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्...
चैत्र २० गते, २०८२ - १६:४९
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयअन्तर्गत समिति गठन गरेका छन्। राजस्व व्यवस्था...
चैत्र २० गते, २०८२ - १६:३१
काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडा...
चैत्र २० गते, २०८२ - १६:११
काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...
चैत्र २० गते, २०८२ - १६:११
काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...
चैत्र २० गते, २०८२ - १५:५९
काठमाडौँ । डोलप्रसाद अर्याल को सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभ...
चैत्र २० गते, २०८२ - १५:५१
काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना नगर्न सरकार र सरोकारवालाहरुलाई आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नहुँदै क...
चैत्र २० गते, २०८२ - १५:३८
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...
चैत्र २० गते, २०८२ - १५:११
फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...


प्रतिकृया लेख्नुहोस्: