काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुईपक्षीय चार समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा विचारविमर्श भएको छ । प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत् सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीति प्रतिबद्ध रहेको दोहोर्याए।
उनले हालैको आकस्मिक बाढीका कारण ध्वस्त रसुवागढी नाकामा आवश्यक संरचना निर्माणमा चीनले दिएको प्राथमिकताका लागि धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको बताए। उनले नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउन चीनसँगको किमाथांकालगागत अन्य नाकाहरुको सञ्चालन र ‘बेल्ट एण्ड रोड इनिसियटिभ फ्रेमवर्क’ अन्तर्गतका परियोजनाको सञ्चालन विना अवरोध अघि बढ्नुपर्नेमा जोड दिए।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको उपस्थिति थियो ।
सो प्रतिनिधिमण्डलले सोमबार विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाका बारेमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको थियो भने सोही अवसरमा चार परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १६:५८
काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय ...
चैत्र २० गते, २०८२ - १६:५४
काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्...
चैत्र २० गते, २०८२ - १६:४९
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयअन्तर्गत समिति गठन गरेका छन्। राजस्व व्यवस्था...
चैत्र २० गते, २०८२ - १६:३१
काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडा...
चैत्र २० गते, २०८२ - १६:११
काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...
चैत्र २० गते, २०८२ - १६:११
काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...
चैत्र २० गते, २०८२ - १५:५९
काठमाडौँ । डोलप्रसाद अर्याल को सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभ...
चैत्र २० गते, २०८२ - १५:५१
काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना नगर्न सरकार र सरोकारवालाहरुलाई आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नहुँदै क...
चैत्र २० गते, २०८२ - १५:३८
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...
चैत्र २० गते, २०८२ - १५:११
फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...


प्रतिकृया लेख्नुहोस्: