बनेपा । विवाह गर्न नमानेको झोकमा एक युवाले प्रेमिकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले विवाह गर्न नमानेको रिसको झोकमा रामेछाप जिल्ला मन्थली नगरपालिका-१३ का ३७ वर्षीया सन्तोष सुनारले प्रेमिकाको हत्या गरेको जनाएको छ ।
प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेमीकाको हत्या गर्ने सुनारलाई सार्वजनिक गरेको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेमिका हत्यामा संलग्न सुनारले काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका-१ डाँडाखर्क घर भई हाल बनेपा नगरपालिका(९ नयाँबस्ती बस्ने ३३ वर्षकी शर्मिला उप्रेतीलाई विवाह गर्न प्रस्ताव गरेको र उनले नमानेपछि रिसको झोकमा योजनाबद्ध रुपमा हत्या गरेको बताए।
'दुई वर्षदेखि सन्तोष र शर्मिलाको प्रेम सम्बन्ध रहेको देखिन्छ, सन्तोषले पटकपटक विवाह गर्न प्रस्ताव गरेको र शर्मिलाले टार्दै लगेपछि सन्तोषलाई शंङ्का लागेपछि हत्या गरेको स्वीकार गरेका छन्', प्रनाउ घलेले भने। असार ३२ गते घरबाट काम गर्नका लागि निस्केकी शर्मिलालाई घुम्न जाने भन्दै बनेपा नगरपालिका(१३ भगवान थुम्की सामुदायिक वनमा लगि दाउराले हानेर बेहोस पारी सलले घाँटीमा कसेर हत्या गरिएको प्रनाउ घलेले बताए।
शर्मिलाको हत्या गरेका सन्तोष घटनास्थलमा आधा घण्टा बसेर शर्मिलाको शवलाई चिलाउनेको फेदमा कोल्टो पारी भागेका थिए । फरार रहेका सन्तोषलाई ईलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले आइतबार साँझ बनेपा नगरपालिका(१० इट्टाभट्टाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रेमिका हत्याको आरोपमा पक्राउ परेका सन्तोषलाई सोमबार काभ्रेपलान्चोक जिल्ला अदालतबाट चार दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रनाउ घलेले बताए। मृतक शर्मिलाको पहिलो श्रीमानतर्फ १६ वर्षीया एक छोरी, दोश्रो श्रीमानतर्फ नौ वर्षीया अर्की छोरी छन् । मृतक शर्मिला पछिल्लो समय दुबै श्रीमान् छोडी एक्लै बस्दै आएकी थिइन् । सन्तोष र शर्मिला दुई वर्षदेखि प्रेम सम्बन्धमा रहनुको साथै सँगै ज्यामी काम गर्दै आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १०:४३
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने क्रममा गम्भीर त्रुटि गरेको पाइएको छ। मंगलबार बिहान बुझाइएको सूचीमा पूर्...
पौष १६ गते, २०८२ - १०:३४
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनीहरूका श...
पौष १६ गते, २०८२ - १०:२४
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन्। ...
पौष १६ गते, २०८२ - १०:०७
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...
पौष १६ गते, २०८२ - ०९:५९
पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...




प्रतिकृया लेख्नुहोस्: