काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिचको भेटवार्तामा भण्डारीले २ वर्षअघि नै नवीकरण भएको आफ्नो सदस्यताको अहिले विवाद चर्काएकोमा चासो राखेकी छन् ।
आइतबार एमाले पार्टी मूख्यालय च्यासलमा दुई नेताबिच करिब २ घण्टा भएको भेटवार्तामा भण्डारीले आफ्नो सदस्यताबारे भइरहेका टीकाटिप्पणी र सतहमा आएको विवादबारे ओलीसँग प्रश्न मिश्रित चासो प्रकट गरेकी हुन् ।
राष्ट्रपतिको कार्यकाल पूरा गरेर सामान्य नागरिकको हैसियतमा फर्किएकी भण्डारीले सक्रिय राजनीति गर्ने घोषणा गरेसँगै उनको सदस्यताको वैधानिकता र पार्टीमा पाउने जिम्मेवारीबारे एमालेमा विवाद बढेपछि अध्यक्ष ओली र भण्डारीबिच सघन वार्ता भएको हो ।
आफ्नो सदस्यताबारे भेटमा चासो राख्नु स्वाभाविक रहेको भण्डारी निकट मानिएका एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बताए । यद्यपि भण्डारीले ओलीसँगको भेटपछि राजनीतिक संवाद मात्र भएको प्रतिक्रिया दिएर टारेकी थिइन् । साथै उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम पार्टीको आधिकारिक च्यानलबाट हुने पनि बताइन् ।
दुई नेताबिचको भेटवार्तालाई एमाले नेताहरूले सकारात्मक भनेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दुई नेताबिचको छलफल सकारात्मक भएको बताए । उनले अब कुनै पनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि जान सक्ने परिस्थिति नबन्ने बताउँदै पार्टीले जे गर्छ सहमति र छलफलबाट नै टुङ्ग्याउँने बताए ।
उनले दुई नेताबिचको सहमति र संवादबारे सोमबार बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्षले ब्रिफिङ गर्ने जानकारी दिए ।
नेताहरूका अनुसार ओलीसँगको भेटमा भण्डारीले एमाले विधानको धारा ९ को ३ को व्यवस्था पनि स्मरण गराएकी छन् । उक्त धारामा विशेष परिस्थिति र काममा तत्कालीन अवस्थामा कतै नियुक्ति वा विशेष कामका लागि प्रयोग हुने बताएकी थिइन् ।
एमालेको केन्द्रीय कमिटी बैठक आज सोमबार बिहान ११ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुँदैछ । बैठक दुई दिनसम्म बस्ने तय भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: