Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

हेटौँडाका जनप्रतिनिधि प्रशासनको भुमिकाविरुद्ध आन्दोलित

खबरडबली संवाददाता

मकवानपुरगढी। आइतबार हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भूमिकाविरुद्ध आन्दोलनमा उत्रिएका छन् । 

करिब एक महिनाअघि जनप्रतिनिधिमाथि भएको आक्रमणको अभियुक्त हालसम्म पनि पक्राउ नपरेपछि हेटौँडा उपमहानगरभित्रका १ देखि १९ वटै वडाका वडाअध्यक्षहरु आक्रोशित बनेका हुन् ।

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपानेमाथि गत असार ४ गते दिउँसो कार्यकक्षभित्रै अपरिचित समूहले आक्रमण गरेको थियो । आइतबार घटना घटेको १ महिना बितिसक्दा पनि प्रहरी प्रशासनले आक्रमणकारी लाई पक्राउ गर्न नसकेकोप्रति घोर आपत्ति जनाउँदै वडा अध्यक्षहरुले आन्दोलन सुरु गरेका हुन् । 

प्रशासन र प्रहरीको काम कारबाहिप्रति जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय परिसरमै साङ्केतिक कार्यालय स्थापना गरेर प्रदर्शन सुरु गरेका छन् । घटनाले जिल्लाको शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी उपरीक्षक विश्वराज खड्काको भूमिकामथि चौतर्फी आलोचना भइरहेको छ । 

आन्दोलनका क्रममा हेटौंडा– १६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाले मकवानपुरका शान्तिसुरक्षा निकायको भूमिका फितलो हुँदै गएको बताए। उनले भनेयो, “हामी जनप्रतिनिधिनै असुरक्षित छौं भने सर्वसाधारणको सुरक्षाबारे के कुरा गर्नु रु घटना विवरण छर्लङ्ग हुँदापनि दोषी पक्राउ नपर्नु लाचारीपनको पराकाष्ठा हो । दोषीलाई जानाजान उम्कनु दिनु, घटना छानबिनमा ढिलासुस्ती गर्नु नै आपत्तिजनक विषय बनेको छ ।” 

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको नेतृत्वमा सुरु भएको आन्दोलनमा हेटौंडाका १९ वटा वडाका अध्यक्षहरु सहभागी छन् । पहिलो चरणमा दुई दिनसम्म प्रशासन कार्यालय अगाडी सेवा प्रवाह गर्ने र त्यसपछि थप आन्दोलनको घोषणा गर्ने उपमहानगरका प्रवक्ता सवीन न्यौपानेले बताए । 

जनप्रतिनिधिहरुले प्रहरी र प्रशासनबाट न्याय नपाइने ठहर गर्दै आफूहरु वार्तामा संलग्न नहुने निर्णय गरेका छन् । दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने अन्यथा आन्दोलनलाई चरणबद्ध रुपमा थप सशक्त बनाउँदै जाने चेतावनी वडाध्यक्षहरुले दिएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending