Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

हेटौँडाका जनप्रतिनिधि प्रशासनको भुमिकाविरुद्ध आन्दोलित

खबरडबली संवाददाता

मकवानपुरगढी। आइतबार हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भूमिकाविरुद्ध आन्दोलनमा उत्रिएका छन् । 

करिब एक महिनाअघि जनप्रतिनिधिमाथि भएको आक्रमणको अभियुक्त हालसम्म पनि पक्राउ नपरेपछि हेटौँडा उपमहानगरभित्रका १ देखि १९ वटै वडाका वडाअध्यक्षहरु आक्रोशित बनेका हुन् ।

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपानेमाथि गत असार ४ गते दिउँसो कार्यकक्षभित्रै अपरिचित समूहले आक्रमण गरेको थियो । आइतबार घटना घटेको १ महिना बितिसक्दा पनि प्रहरी प्रशासनले आक्रमणकारी लाई पक्राउ गर्न नसकेकोप्रति घोर आपत्ति जनाउँदै वडा अध्यक्षहरुले आन्दोलन सुरु गरेका हुन् । 

प्रशासन र प्रहरीको काम कारबाहिप्रति जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय परिसरमै साङ्केतिक कार्यालय स्थापना गरेर प्रदर्शन सुरु गरेका छन् । घटनाले जिल्लाको शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी उपरीक्षक विश्वराज खड्काको भूमिकामथि चौतर्फी आलोचना भइरहेको छ । 

आन्दोलनका क्रममा हेटौंडा– १६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाले मकवानपुरका शान्तिसुरक्षा निकायको भूमिका फितलो हुँदै गएको बताए। उनले भनेयो, “हामी जनप्रतिनिधिनै असुरक्षित छौं भने सर्वसाधारणको सुरक्षाबारे के कुरा गर्नु रु घटना विवरण छर्लङ्ग हुँदापनि दोषी पक्राउ नपर्नु लाचारीपनको पराकाष्ठा हो । दोषीलाई जानाजान उम्कनु दिनु, घटना छानबिनमा ढिलासुस्ती गर्नु नै आपत्तिजनक विषय बनेको छ ।” 

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको नेतृत्वमा सुरु भएको आन्दोलनमा हेटौंडाका १९ वटा वडाका अध्यक्षहरु सहभागी छन् । पहिलो चरणमा दुई दिनसम्म प्रशासन कार्यालय अगाडी सेवा प्रवाह गर्ने र त्यसपछि थप आन्दोलनको घोषणा गर्ने उपमहानगरका प्रवक्ता सवीन न्यौपानेले बताए । 

जनप्रतिनिधिहरुले प्रहरी र प्रशासनबाट न्याय नपाइने ठहर गर्दै आफूहरु वार्तामा संलग्न नहुने निर्णय गरेका छन् । दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने अन्यथा आन्दोलनलाई चरणबद्ध रुपमा थप सशक्त बनाउँदै जाने चेतावनी वडाध्यक्षहरुले दिएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

बिमा बन्द हुँदा सरकारी अस्पतालमा बिरामीको चाप

चितवन। चितवनका दुई ठुला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ । बिराम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending