Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

नेपाललाई आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड, सम्मेलनमा पारसको दमदार प्रस्तुती

खबरडबली संवाददाता

काठमाडौँ। नेपालले आइसिसी को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ ।

सिङ्गापुरमा शनिबार भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालले लगातार दोस्रो पटक यस अवार्ड जितेको  हो ।

सम्मेलनमा भाग लिन गएका नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरे।

आइसिसीले यसअघि नै नेपाललाई एसियाली क्षेत्रको विजेताका रुपमा ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’  अवार्डको मनोनयनमा पारेको थियो । 

यस अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया परेका थिए ।

सम्मेलनमा पारसको दमदार प्रस्तुती

आइसिसीको सम्मेलनमा भाग गएका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं सचिव पारस खड्काले सम्मेलनमा नेपाली क्रिकेटको अवास्था र भविष्यको योजान बारे दमदार प्रस्तुती दिएको छन् ।

उनले आइसिसी सम्मेलनमा नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने लक्ष्यमा अघि बढिरहेको बताए । उनले पछिल्लो १० वर्षमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो फड्को मारेको र यसमा आइसिसी, नेपाल सरकार तथा सरोकारवालाको ठूलो साथ रहेको पनि उल्लेख गरे। 

‘‘नेपालले दुई पटक आइसिसी टी–२० विश्वकप खेलिसकेको छ । नेपाल प्रिमियर लिग ९एनपीएल०को सफलता, महिला क्रिकेटको प्राथमिकता, ग्रासरुट क्रिकेटको विकाससँगै विस्तारै  टेस्ट बन्ने हाम्रो प्रतिबद्धता हो,’’ पारसले भने । 

उहाँले नेपाली क्रिकेटमा संरचनागत सुधार भईरहेको र यसले ठुलो स्टेजको रुप लिने पनि दाबी गरे। नेपाल क्रिकेटको इतिहास स्मरण गर्दै पारसले भने,’’ हामीले करिब दुई दशक नेपाली टोलीलाई डिभिजन फाइभबाट ओडीआई राष्ट्रसम्म पुर्‍याउने काम गरेका छौँ । अहिले हामी जहाँ पुगेका छौँ, त्यो यात्रा अविश्वसनीय छ। अब हाम्रो यात्रा रोकिँदैन, तर योजनाबद्धररुपमा अघि बढ्नु जरुरी छ।’’

उनले नेपालका गतवर्ष आयोजना गरिएको एनपिएललाई  नेपाली क्रिकेटको रूपान्तरणकारी क्षण भएको बताउनुभयो । उनले भने, ‘‘एनपिएल केवल नेपालमा मात्र सीमित रहेन, यसले अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिच्यो । आठ फ्रेन्चाइज स्थानीय लगानीकर्ताले सञ्चालन गरे, शिखर धवन र जिमी निसमजस्ता अन्तर्राष्ट्रिय खेलाडीले प्रतक्ष्य स्वाद चाखे । ब्रायन लाराजस्ता महान व्यक्तित्व नेपाल पुगे । निसमले आफ्नो पहिलो फ्रेन्चाइज टाइटल नेपालमै जिते ।’’ 

सम्बोधनका क्रममा पारसले भने,  ‘‘एनपीएलको ट्रफीमा सगरमाथाको ढुङ्गा राखेर विश्वको ध्यान खिच्यौँ । यसबाट विश्वलाई सन्देश दिन खोज्यौँ, कि जलवायु परिवर्तन गम्भीर समस्या हो र नेपाल त्यसको केन्द्रमा छ । क्रिकेटमार्फत पनि यस्तो सन्देश फैलाउन सकिन्छ।’’

पारसले नेपालले अन्त्र्राष्ट्रिय क्रिकेटमा पाएका सफलता, महिला र उमेर समूहको प्रदर्शन जस्ता विषय पनि उजागर गरे। उनले नेपाली क्रिकेटमार सरकारले ठूलो लगानी गरिहरेको भन्दै आइसिसी र अन्य निकायको सहयोग पनि उक्तिकै आवश्यक रहेको बताए ।

‘‘नेपाली क्रिकेटमा ठूलो दर्शक छ, सरकार र आइसिसीको पनि साथ छ । फर्ड लाइटसहितको क्रिकेट रङ्गशाला तयार भईरहेको छ । हामीले घरेलु क्रिकेटमा रेड बल फर्म्याट सुरु गरिसकेका छौँ। फ्रेन्चाइज क्रिकेटले पैसा ल्याउने क्रम सुरु भएको छ । अब टेस्ट क्रिकेट तर्फ हामीले ध्यान दिन जरुरी छ । नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने निश्चित छ । यो हाम्रो सपना मात्र होइन, हाम्रो प्रतिबद्धता पनि हो ।”

पारसले नेपाली क्रिकेट स्पस्ट योजना र दृष्टिकोणसहित विश्वमञ्चमा अगाडि बढेकोले आइसिसीको थप साथ प्रभावकारी हुने समेत बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलेश्वरस्थित गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ, साढे ५ अर्बभन्दा बढी ठगी

काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय ...

गोरखा सेभिङ सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्...

आगामी बजेट लेखनका लागि समिति गठन, को-को छन् ?

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयअन्तर्गत समिति गठन गरेका छन्। राजस्व व्यवस्था...

मध्यपूर्वमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडा...

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

सभामुख अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने

काठमाडौँ । डोलप्रसाद अर्याल को सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभ...

शैक्षिक सत्र अघि विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना नगर्न सरकार र सरोकारवालाहरुलाई आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नहुँदै क...

सोलुखुम्बुका तत्कालीन मालपोत प्रमुखसहित तीन जनाविरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending