Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

खबरडबली संवाददाता

बागलुङ । बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो ।

बागलुङको पर्यटकीय गाउँका रूपमा नाम कमाएको भकुण्डेस्थित बराहतालमा युवायुवती घुम्न तथा भकुण्डेको शिरमा रहेको घरबास (होमस्टे) मा अर्गानिक परिकारका स्वाद लिन पुग्ने गरेका छन् । बागलुङ बजारबाट पदयात्रामार्फत एक घण्टामा पुग्न सकिने बागलुङ नगरपालिका–१० स्थित बराहताल पर्यटकीय पूर्वाधार निर्माण गरिएपछि व्यवस्थित र आकर्षक बनेको स्थानीय सोमबहादुर थापा मगरले बताए ।

साविकको जिल्ला विकास, अहिलेको सङ्घीय पर्यटन मन्त्रालय, प्रदेश मन्त्रालय र बागलुङ नगरपालिकाको करिब रु ५० लाखमा यहाँ पूर्वाधार निर्माण भएका नगर कार्यालयले जनाएको छ । अव्यवस्थित ताल वरपर व्यवस्थित पर्खाल, संरक्षण तथा रेलिङसहितको पदमार्ग निर्माण भएपछि बराहताल मनमोहक देखिएको थापा मगरले उल्लेख गरे । 

बराहतालमा पर्यटकको चहलपहल सदाबहार एकैनासको भइरहने भन्दै उनले वर्षामा ताल थप आकर्षक देखिने बताए । तालबाट देखिने धौलागिरि हिमालको छाँया र आँखै अघि देखिने बागलुङ बजारले पर्यटकलाई मोहित बनाउँदै आएको उनको भनाइ छ ।

“वर्षामा केही पर्यटक घटेका छन्, बिदाको दिन पर्यटकको बढी चाप हुन्छ, यहाँका घरबास पर्यटकीय चहलपहल बढ्न थालेपछि फष्टाउँदै गएका छन्”, थापाले भने, “अन्य जिल्लाबाट पर्यटकहरू गर्मी छल्न र जिल्लाका पर्यटकको बजारको कोलाहल छल्न यहाँ आउने गरेका छन्, नजिकैको गन्तव्य भएर होला पर्यटकको चहलपहल भइरहन्छ ।”

पहिला ताल व्यवस्थित नहुँदा ताल वरपर घाँसले भरिने गरेकामा अहिले सुन्दर देखिन थालेको थापाले उल्लेख गरे । तालले दृश्यालोकनका साथै यो क्षेत्र ऐतिहासिक तथा धार्मिक रूपमा पनि महत्त्वपूर्ण रहेको जनाउँदै उनले बैकुण्ठ पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गरेको बताए । 

बराहतालमा असोज र जेठको पूर्णिमामा भेँडाका साँढ बलि दिएर पूजा गर्ने परम्परा रहेको संविधानसभा सदस्य एवं स्थानीय अगुवा नरबहादुर थापाले बताए । “ताल छेउमा रहेको बराह मन्दिरमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धार्मिक आस्था राख्नेदेखि प्रकृतिप्रेमी पर्यटकका लागि बराहताल उपयुक्त गन्तव्य मानिन्छ”, उनले भने । 

दुई हजार ८२६ वर्गमिटरमा फैलिएको यो तालमा पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयस्तर बढाउन रु ५० लाखभन्दा बढी लगानी गरी पूर्वाधार निर्माण गरिएको संविधानसभा सदस्य थापाले बताए । एक हजार ३०० मिटर उचाइमा रहेको ताल क्षेत्रमा पुग्न सदरमुकामबाट पैदलमार्फत एक घण्टाम पुग्न सकिन्छ । भकुण्डेको घरबास, भ्युटावर र बलेवाको भैरवथान घुम्न आउने पर्यटकले तालको अवलोकन गर्ने गरेका उनले उल्लेख गरे । 

बराह मन्दिर पुनर्निर्माण, तालको क्षेत्र विस्तार, घेराबार, पर्खाल निर्माणलगायत काम सम्पन्न भइसकेका छन् । बागलुङ बजारबाट तित्याङ हुँदै यहाँ पुग्ने सडक अहिले स्तरोन्नति भइरहेकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको संविधानसभा सदस्य थापाले बताए । 

विसं २०६८ मा जिल्लाकै पहिलो घरबास सुरु भएको भकुण्डे पर्यटन प्रवर्द्धनमा अघि बढ्दै गएको छ । बराहताल हुँदै मुलाबारीमा रहेको भ्युटावरमा सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्दै घरबासमा पर्यटक आउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले जानकारी दिए । 

बराहताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य भएकाले आन्तरिक पर्यटकको आगमन बढी हुने गरेको उनको भनाइ छ । यो तालको गहिराइ कति छ भन्ने हालसम्म एकिन नभएको स्थानीय बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE