Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

झापामा लागुऔषधको गोदाम, मुख्य कारोबारी एमाले नेता भानुभक्त खरेल

खबरडबली संवाददाता

विराटनगर । झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ । 

बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो । ति घिमिरेले आफूले स्थानीय भानुभक्त खरेलको निर्देशनमा उक्त काम गरेको बताएका छन् । खरेल नेकपा एमालेका नेता हुन् । उनलाई भने प्रहरीले पक्राउ गरेको छैन ।

प्रहरीले घिमिरेको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइट क्याप्सुल एक लाख ३ हजार ८ सय क्याप्सुल, ट्रामाडोल हाइड्रोक्लोराइट इन्जेक्सन ट्रामाडेक्स एक हजार ८७० एम्पुल, ट्रामाडोल एण्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डिसाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट ८ हजार ९ सय ट्याब्लेट र  कम्बिप्याक अफ मिफेप्रिस्टोन ट्याब्लेट एण्ड मिसोप्रोप्सोल ट्याब्लेट ७ हजार ६५० ट्याब्लेट बरामद गरेको छ ।

घटनाको प्रहरीले शुक्रबार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । कारोबारमा संलग्न मुख्य नाइके भनिएका भानुभक्त खरेल भने प्रहरीले पक्राउ गर्न ससकेको छैन ।

प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले भने‘उनको (भानुभक्त खरेलको) खोजी भइरहेको छ । अनुसन्धान गर्दै जाँदा उनीबाटै यो परिणामका लागू औषध भित्रिएको देखिन्छ,’ श्रेष्ठले भने, ‘अघि पत्रकार सम्मेलन गर्दासम्म को को संलग्न छन् भनेर  भनिएको थिएन । अब लगभग उहाँको संलग्नता देखिएको छ । खुलेको अवस्था छ ।’ 

खरेलले बिर्तामोड सनलाइट फर्मा नामक फार्मेसी सञ्चालन गर्छन् । उनी एमाले झापाका सक्रिय स्थानीय नेता पनि हुन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलेश्वरस्थित गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ, साढे ५ अर्बभन्दा बढी ठगी

काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय ...

गोरखा सेभिङ सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्...

आगामी बजेट लेखनका लागि समिति गठन, को-को छन् ?

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयअन्तर्गत समिति गठन गरेका छन्। राजस्व व्यवस्था...

मध्यपूर्वमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडा...

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

सभामुख अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने

काठमाडौँ । डोलप्रसाद अर्याल को सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभ...

शैक्षिक सत्र अघि विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना नगर्न सरकार र सरोकारवालाहरुलाई आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नहुँदै क...

सोलुखुम्बुका तत्कालीन मालपोत प्रमुखसहित तीन जनाविरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending