Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

नेकपा एस र राष्ट्रिय एकता अभियानबीच आज एकता हुँदै

वामदेव गौतम अध्यक्ष नेपाल र नेता खनालपछि तेस्रो वरियतामा रहने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज  औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्दै छन्। गौतम नेतृत्वको अभियान र एकीकृत समाजवादीबीच राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ।

एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र अभियान संयोजक वामदेव गौतमले सम्बोधन गर्नेछन्।

एकतापछि बन्ने पार्टी संरचनामा गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियतामा राख्ने सहमति भइसकेको बताइएको छ। गत असार २७ गते एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र अभियान संयोजक वामदेव गौतमबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता सर्वोच्च अदालतको फैसलापछि विघटन भएपछि वामदेव गौतमले २०७७ पुस २५ गते ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरेका थिए। त्यसअघि एमालेमा फर्किने प्रयास गरे पनि अध्यक्ष केपी शर्मा ओलीको बेवास्ताका कारण उनको प्रयास सफल हुन सकेको थिएन।

आजको एकतासँगै गौतमले माधव नेपाल नेतृत्वको दलमार्फत आफ्नो राजनीतिक यात्रालाई औपचारिक नयाँ दिशामा अघि बढाउन लागेका छन्। गौतमलाई नेकपा एसले वरिष्ठ नेता बनाएर अध्यक्ष नेपाल र नेता खनालपछि तेस्रो वरियता दिँदैछन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending