गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २२ हजार १८० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा गत आव २०८१/८२ दुई लाख ७८ हजार ११३ विदेशी पर्यटकले भ्रमण गरेका थिए। तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार ७८६ र अन्य देशका एक लाख २० हजार ३२७ पर्यटक रहेका छन्।
एक वर्षको अन्तरमा ५५ हजार १३३ पर्यटक बढेको आयोजना प्रमुख डा.रविन कडरियाले जानकारी दिए। गत आवमा सबैभन्दा बढी चैत महिनामा ४४ हजार ९७७ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएका थिए। सबैभन्दा कम साउनमा जम्मा पाँच हजार ७१० पर्यटक उक्त आएका थिए।
यस्तै भदौमा १३ हजार दुई सय ७९, असोजमा ३० हजार ७३२, कात्तिकमा ३३ हजार ३१०, मङ्सिरमा १४ हजार ११, पुसमा १४ हजार ३३, माघमा ९ हजार ३४, फागुनमा १९ हजार ४७०, वैशाखमा ४१ हजार ८५३, जेठमा ३१ हजार ९५५ र असारमा १९ हजार ७४९ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा कडरियाले बताए।
दुई मुख्य पर्यटकीय याम असोज-कात्तिक र चैत–वैशाखमा पदयात्राका लागि बढी पर्यटक यस क्षेत्रमा आउने गरेका छन्। सोही याममा धार्मिक भ्रमणमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहने गरेको प्रमुख डा कडरियाले बताए। पर्यटक आगमन दरमा बर्सेनी वृद्धि भइहरेको उनको भनाइ छ। आव २०७९/८० मा एक लाख ७२ हजार १०८ पर्यटक यो क्षेत्रमा भित्रिएकामा पछिल्लो आवमा आइपुग्दा एक लाख बढी पर्यटक थपिएका हुन्।
कोभिड-१९ महामारीका बेला थलिएको यस क्षेत्रको पर्यटन पुनः पुरानै लयमा फर्किएको आयोजना प्रमुख डा. रविन कडरियाले बताए। अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य हो। वर्षात् र जाडोयाममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य सयमयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ।
सडक मार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बर्सेनी वृद्धि भइरहेको छ। मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन्। कार्यालयले अन्नपूर्ण संरक्षण क्षेत्रमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनी लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन्। अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - ०८:१४
गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहक...
पौष २८ गते, २०८२ - ०७:५६
दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...
पौष २८ गते, २०८२ - ०७:५०
झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ
पौष २८ गते, २०८२ - ०७:३५
काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...
पौष २८ गते, २०८२ - ०७:३०
२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने
पौष २८ गते, २०८२ - ०७:२३
चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...
पौष २८ गते, २०८२ - ०७:१९
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...
पौष २८ गते, २०८२ - ०७:१६
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...
पौष २८ गते, २०८२ - ०७:०६
काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...
पौष २८ गते, २०८२ - ०७:०३
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...




प्रतिकृया लेख्नुहोस्: