Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

हिमपहिरोको जोखिम बढेपछि तिल गाउँका स्थानीयले गरे गाउँ छोड्ने सामूहिक निर्णय

खबरडबली संवाददाता

हुम्ला । हिमपहिरोको उच्च जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को तिल गाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गरेका छन्  । हिम पहिरोले गाउँ जोखिममा परेको र अब त्यहाँ बस्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै तिल गाउँवासी सो निर्णयमा पुगेका हुन्।

लिमीको तिल गाउँमा हाल सुरक्षित स्थानमा पाल टाँगेर बस्दै आउनुभएका छिरिङ छिमेल तामाङले हिमपहिरो पीडित सबैले गाउँ छोडेर जाने निर्णय गरेको बताउनुभयो । गाउँमा रहनुभएका ४५ जनाको उपस्थितिमा बसेको तिलवासीको बैठकले असुरक्षित भएको महसुस गर्दै अब गाउँ छाडेर काठमाडौं जाने निर्णय गरेको उनको भनाइ छ । 

तिल गाउँ हिमपहिरो र पहिरोको उच्च जोखिममा रहेको स्थानीयले निष्कर्ष निकालेको र आउने कात्तिक मङ्सिर महिनापछि गाउँ नै छोडेर जाने निर्णय गरिएको उनले बताए । अर्का स्थानीय छिरिङबा लामाले डर र त्रासले गर्दा आफूहरु गाउँ छोड्ने निर्णय गर्न बाध्य भएको बताए । घरमा ताला लगाएर जग्गा बाँजो राख्ने भए पनि पशुवस्तु भने कसरी व्यवस्थापना गर्ने भन्ने चिन्ता रहेको उनको भनाइको छ ।

त्यसैगरी नाम्खा गाउँपालिका ६ का अध्यक्ष पाल्जोर तामाङले गाउँ छोड्न नमान्ने तिल गाउँका केही घरधुरीहरु पनि गत जेठमा खसेको हिमपहिरोको डरले अब गाउँ छोडेर जाने निर्णय गर्न बाध्य भएकोे जानकारी दिए। 

तिल गाउँ खाली हुने निश्चित भएपछि वडाले प्रयास गर्दा नमानेको र अब गाउँपालिका र प्रदेशले केही सुरक्षित महसुस हुने खालको योजना ल्याए रोक्न सकिन्छ कि भन्ने लाग्न थालेको बताए। तिल गाउँमा हाल २३ घरधुरी बसोबास गर्दै आएका छन् । 

गत जेठ १ गते हिम पहिरो जाँदा गाउँ जोखिममा परेपछि हाल स्थानीय गाउँपारीको सुरक्षित चौरमा बस्दै आएका छन् । बिहान घरमा आउने काम गर्ने तर रात परेपछि पालमा गएर सुत्नु पर्ने बाध्यता भएको स्थानीयको भनाइ छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलेश्वरस्थित गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ, साढे ५ अर्बभन्दा बढी ठगी

काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय ...

गोरखा सेभिङ सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्...

आगामी बजेट लेखनका लागि समिति गठन, को-को छन् ?

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयअन्तर्गत समिति गठन गरेका छन्। राजस्व व्यवस्था...

मध्यपूर्वमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडा...

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

सभामुख अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने

काठमाडौँ । डोलप्रसाद अर्याल को सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभ...

शैक्षिक सत्र अघि विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना नगर्न सरकार र सरोकारवालाहरुलाई आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नहुँदै क...

सोलुखुम्बुका तत्कालीन मालपोत प्रमुखसहित तीन जनाविरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending