हुम्ला । हिमपहिरोको उच्च जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को तिल गाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गरेका छन् । हिम पहिरोले गाउँ जोखिममा परेको र अब त्यहाँ बस्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै तिल गाउँवासी सो निर्णयमा पुगेका हुन्।
लिमीको तिल गाउँमा हाल सुरक्षित स्थानमा पाल टाँगेर बस्दै आउनुभएका छिरिङ छिमेल तामाङले हिमपहिरो पीडित सबैले गाउँ छोडेर जाने निर्णय गरेको बताउनुभयो । गाउँमा रहनुभएका ४५ जनाको उपस्थितिमा बसेको तिलवासीको बैठकले असुरक्षित भएको महसुस गर्दै अब गाउँ छाडेर काठमाडौं जाने निर्णय गरेको उनको भनाइ छ ।
तिल गाउँ हिमपहिरो र पहिरोको उच्च जोखिममा रहेको स्थानीयले निष्कर्ष निकालेको र आउने कात्तिक मङ्सिर महिनापछि गाउँ नै छोडेर जाने निर्णय गरिएको उनले बताए । अर्का स्थानीय छिरिङबा लामाले डर र त्रासले गर्दा आफूहरु गाउँ छोड्ने निर्णय गर्न बाध्य भएको बताए । घरमा ताला लगाएर जग्गा बाँजो राख्ने भए पनि पशुवस्तु भने कसरी व्यवस्थापना गर्ने भन्ने चिन्ता रहेको उनको भनाइको छ ।
त्यसैगरी नाम्खा गाउँपालिका ६ का अध्यक्ष पाल्जोर तामाङले गाउँ छोड्न नमान्ने तिल गाउँका केही घरधुरीहरु पनि गत जेठमा खसेको हिमपहिरोको डरले अब गाउँ छोडेर जाने निर्णय गर्न बाध्य भएकोे जानकारी दिए।
तिल गाउँ खाली हुने निश्चित भएपछि वडाले प्रयास गर्दा नमानेको र अब गाउँपालिका र प्रदेशले केही सुरक्षित महसुस हुने खालको योजना ल्याए रोक्न सकिन्छ कि भन्ने लाग्न थालेको बताए। तिल गाउँमा हाल २३ घरधुरी बसोबास गर्दै आएका छन् ।
गत जेठ १ गते हिम पहिरो जाँदा गाउँ जोखिममा परेपछि हाल स्थानीय गाउँपारीको सुरक्षित चौरमा बस्दै आएका छन् । बिहान घरमा आउने काम गर्ने तर रात परेपछि पालमा गएर सुत्नु पर्ने बाध्यता भएको स्थानीयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: