Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पर्सामा ओभरहेड ट्याङ्की बेवारिसे, नयाँ डिप बोरिङ खन्नमै ध्यान !

खबरडबली संवाददाता

वीरगन्ज । पर्सा जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले निर्माण गरेका ओभरहेड ट्याङ्की सञ्चालनमा नआउँदा पनि खानेपानीको दीर्घकालीन व्यवस्थापनमा थप जटिल हुँदै गएको छ । दुवै सरकारले ओभरहेड ट्याङ्की निर्माण गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गरे पनि सम्बन्धित स्थानीय तह र उपभोक्ता समितिको बेवास्ताको कारणले पनि ओभरहेड ट्याङ्की बेवारिसे अवस्थामा रहेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा/पर्साका निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवले पर्सामा खानेपानीका दीर्घकालीन व्यवस्थापनको लागि निर्माण गरिएका ओभरहेड ट्याङ्की भने बेवारिसे अवस्थामा रहेको गुनासो गरे । 

‘राज्यले करौडौ रुपैयाँ खर्चेर निर्माण गरेका ओभरहेड ट्याङ्की सञ्चालनमा नआउँदा पनि अहिले ठाउँ–ठाउँमा खानेपानीको समस्या देखिएको हो,’ उनले भने, ‘ओभरहेड ट्याङ्की उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने हुन्छ । यहाँका जनताले खानेपानी पैसा तिरेर खानको आनाकानी गर्दा पनि ओभरहेड ट्याङ्कीको प्रभावकारी कार्यान्वयन हुन नसकेको हो ।’

सङ्घीय तथा प्रदेश सरकारले पोखरिया, भिष्वा, झौवागुठी, अमरपट्टी, बहुअर्वा भाठ्ठा, विन्दवासिनी लगायतका स्थानमा ओभरहेड ट्याङ्की भए पनि उचित ढङ्गले सञ्चालन र व्यवस्थापन हुन भने सकिरहेको छैन । निमित्त डिभिजन प्रमुख यादवले यहाँ खानेपानीको दीर्घकालीन व्यवस्थापनमा भन्दा पनि जथाभाबी रूपमा डिप बोरिङ खन्नेमा मात्रै ध्यान दिँदा पनि खानेपानीको समस्या झनै जटिल बन्दै गएको गुनासो गरे ।

‘ओभरहेड ट्याङ्कीमार्फत पानी प्रयोग गर्दा खानेपानीको महसुल तिर्नुपर्ने हुन्छ । त्यसैले पनि सर्वसाधारण चापाकलबाट आउने आर्सेनिक युक्त खानेपानी खान तयार हुने गरेका छन् ।’

नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जका कार्यालय प्रमुख प्रवीणकुमार साहले ओभरहेड ट्याङ्की सञ्चालनमा  ल्याउन सकेको खण्डमा खानेपानीको दीर्घकालीन समाधान गर्नका लागि धेरै सहज हुने बताए ।

‘यहाँका जनतामा खानेपानी पैसा तिरेर खानुपर्छ भन्ने संस्कारको विकास गर्न पनि जरुरी छ,’ उनले भने, ‘लाइनको पानी जडान गरेर खानुभन्दा चापाकलको पानी खानका लागि यहाँका जनता धेरै इच्छुक देखिन्नुहुन्छ । अहिले यहाँ पानीको चर्को संकट भएपनि मात्रै ओभरहेड ट्याङ्कीको कुरा आएको हो ।’ 

नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीले पछिल्लो समय वीरगन्ज महानगर क्षेत्रमा जथाभावी ढङ्गले डिपबोरिङ खनिँदै आइरहेको गुनासो गरे । ‘अहिले खानेपानीको सङ्कट भएको ठाउँमा डिप बोरिङ खन्नुपर्छ । तर, कति आवश्यकताको आधारमा वा पहुँचको आधारमा खन्निएको विषयमा पनि ध्यान दिन जरुरी भइसकेको छ ।’ 

उनले भने, ‘जनताले पनि खानेपानीको लाइन जडान गरेर पैसा तिरेर खाने बानीको पनि विकास गर्न जरुरत भइसकेको छ ।’ कार्यवाहक अध्यक्ष कुर्मीले डिपबोरिङ जनताको आवश्यकता र योजनाबद्ध ढङ्गले खन्नपनि सुझाव दिए ।

नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले पर्सामा सङ्कटको बेला साढे दुई लागतमा खनिने डिप बोरिङको लागत झन्डै दोब्बर मूल्य बढी भएकाले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरोकारवाला निकायले थप अनुसन्धान गर्न अनुरोध गरे । उनले भने, ‘सङ्कटलाई कसैले पनि व्यक्तिगत फाइदा हुने काम नगर्नुस् ।’ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी मिराज ढुङ्गाना समूहद्वारा देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा

काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका संयोज...

इमरान खानको सजायपछि देशव्यापी आन्दोलनको आह्वान

इस्लामाबाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछ...

काठमाडौंका नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास...

एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीरामले दिए राजीनामा

काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकमा उनले राजीनामापत्र बुझा...

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ ।  पुस लागेसँगै ह्वात्तै बढेको चि...

स्वकीय सचिवको पद खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न एमाले सांसदको माग

काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह ...

मौलिक परम्परा र वेशभूषा बिर्सन हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...

मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...

सुस्ताको अस्तित्व जोगाउन मन्त्री घिसिङसँग सुस्तावासीको माग

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending