Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

पर्सामा ओभरहेड ट्याङ्की बेवारिसे, नयाँ डिप बोरिङ खन्नमै ध्यान !

खबरडबली संवाददाता

वीरगन्ज । पर्सा जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले निर्माण गरेका ओभरहेड ट्याङ्की सञ्चालनमा नआउँदा पनि खानेपानीको दीर्घकालीन व्यवस्थापनमा थप जटिल हुँदै गएको छ । दुवै सरकारले ओभरहेड ट्याङ्की निर्माण गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गरे पनि सम्बन्धित स्थानीय तह र उपभोक्ता समितिको बेवास्ताको कारणले पनि ओभरहेड ट्याङ्की बेवारिसे अवस्थामा रहेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा/पर्साका निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवले पर्सामा खानेपानीका दीर्घकालीन व्यवस्थापनको लागि निर्माण गरिएका ओभरहेड ट्याङ्की भने बेवारिसे अवस्थामा रहेको गुनासो गरे । 

‘राज्यले करौडौ रुपैयाँ खर्चेर निर्माण गरेका ओभरहेड ट्याङ्की सञ्चालनमा नआउँदा पनि अहिले ठाउँ–ठाउँमा खानेपानीको समस्या देखिएको हो,’ उनले भने, ‘ओभरहेड ट्याङ्की उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने हुन्छ । यहाँका जनताले खानेपानी पैसा तिरेर खानको आनाकानी गर्दा पनि ओभरहेड ट्याङ्कीको प्रभावकारी कार्यान्वयन हुन नसकेको हो ।’

सङ्घीय तथा प्रदेश सरकारले पोखरिया, भिष्वा, झौवागुठी, अमरपट्टी, बहुअर्वा भाठ्ठा, विन्दवासिनी लगायतका स्थानमा ओभरहेड ट्याङ्की भए पनि उचित ढङ्गले सञ्चालन र व्यवस्थापन हुन भने सकिरहेको छैन । निमित्त डिभिजन प्रमुख यादवले यहाँ खानेपानीको दीर्घकालीन व्यवस्थापनमा भन्दा पनि जथाभाबी रूपमा डिप बोरिङ खन्नेमा मात्रै ध्यान दिँदा पनि खानेपानीको समस्या झनै जटिल बन्दै गएको गुनासो गरे ।

‘ओभरहेड ट्याङ्कीमार्फत पानी प्रयोग गर्दा खानेपानीको महसुल तिर्नुपर्ने हुन्छ । त्यसैले पनि सर्वसाधारण चापाकलबाट आउने आर्सेनिक युक्त खानेपानी खान तयार हुने गरेका छन् ।’

नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जका कार्यालय प्रमुख प्रवीणकुमार साहले ओभरहेड ट्याङ्की सञ्चालनमा  ल्याउन सकेको खण्डमा खानेपानीको दीर्घकालीन समाधान गर्नका लागि धेरै सहज हुने बताए ।

‘यहाँका जनतामा खानेपानी पैसा तिरेर खानुपर्छ भन्ने संस्कारको विकास गर्न पनि जरुरी छ,’ उनले भने, ‘लाइनको पानी जडान गरेर खानुभन्दा चापाकलको पानी खानका लागि यहाँका जनता धेरै इच्छुक देखिन्नुहुन्छ । अहिले यहाँ पानीको चर्को संकट भएपनि मात्रै ओभरहेड ट्याङ्कीको कुरा आएको हो ।’ 

नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीले पछिल्लो समय वीरगन्ज महानगर क्षेत्रमा जथाभावी ढङ्गले डिपबोरिङ खनिँदै आइरहेको गुनासो गरे । ‘अहिले खानेपानीको सङ्कट भएको ठाउँमा डिप बोरिङ खन्नुपर्छ । तर, कति आवश्यकताको आधारमा वा पहुँचको आधारमा खन्निएको विषयमा पनि ध्यान दिन जरुरी भइसकेको छ ।’ 

उनले भने, ‘जनताले पनि खानेपानीको लाइन जडान गरेर पैसा तिरेर खाने बानीको पनि विकास गर्न जरुरत भइसकेको छ ।’ कार्यवाहक अध्यक्ष कुर्मीले डिपबोरिङ जनताको आवश्यकता र योजनाबद्ध ढङ्गले खन्नपनि सुझाव दिए ।

नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले पर्सामा सङ्कटको बेला साढे दुई लागतमा खनिने डिप बोरिङको लागत झन्डै दोब्बर मूल्य बढी भएकाले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरोकारवाला निकायले थप अनुसन्धान गर्न अनुरोध गरे । उनले भने, ‘सङ्कटलाई कसैले पनि व्यक्तिगत फाइदा हुने काम नगर्नुस् ।’ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलेश्वरस्थित गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ, साढे ५ अर्बभन्दा बढी ठगी

काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय ...

गोरखा सेभिङ सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्...

आगामी बजेट लेखनका लागि समिति गठन, को-को छन् ?

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयअन्तर्गत समिति गठन गरेका छन्। राजस्व व्यवस्था...

मध्यपूर्वमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडा...

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

सभामुख अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने

काठमाडौँ । डोलप्रसाद अर्याल को सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभ...

शैक्षिक सत्र अघि विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना नगर्न सरकार र सरोकारवालाहरुलाई आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नहुँदै क...

सोलुखुम्बुका तत्कालीन मालपोत प्रमुखसहित तीन जनाविरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending