फुङलिङ। मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ९३ लाख ३१ हजार ६६ रुपियाँ बढी राजस्व सङ्कलन भएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा कुल तीन करोड ७२ लाख ३९ हजार ४३७ रुपियाँ राजस्व सङ्कलन भएको छ । मालपोत कार्यलय ताप्लेजुङका प्रमुख निर्मल शेर्पाका अनुसार पुँजीगत लाभकरतर्फ एक करोड ८८ लाख ५० हजार ७६७ रुपियाँ र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपि प्रदान मार्फत एक करोड ८३ लाख ८८ हजार ६७० रुपियाँ गरी कुल तीन करोड ७२ लाख बढीको राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगत लाभकरमार्फत एक करोड १७ लाख १५ हजार ८०७ रुपियाँ र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपि प्रदानमार्फत एक करोड ६१ लाख ९२ हजार पाँच सय ६४ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०८१र०८२ मा रजिष्ट्रेशन दस्तुरबाट एक करोड ७४ लाख ९४ हजार ९०६ रुपियाँ, न्यायिक सेवामार्फत छ लाख ९५ हजार ६६४, मोठ–रोक्काबाट एक लाख सात हजार ४०० र प्रतिलिपि प्रदानमार्फत ९० हजार सात सय रुपियाँ राजस्व प्राप्त भएको कार्यालय प्रमुख शेर्पाको भनाइ छ । उहाँका अनुसार रजिष्ट्रेशन पारितबाट प्राप्त भएको कुल राजस्वको ४० प्रतिशत ७३ लाख ५५ हजार ४६८ रुपियाँ र ६० प्रतिशत एक करोड ३३ लाख २०२ रुपियाँ विनियोजन गरिएको छ ।
जसअन्तर्गत सबैभन्दा बढी एक करोड तीन लाख ९१ हजार २९२ रुपियाँ राजस्व सङ्कलन भएको फुङलिङ नगरपालिकामा ६२ लाख ३४ हजार ७७५ रुपियाँ र सबैभन्दा कम तीन लाख ६९ हजार ९४६ रुपियाँ सङ्कलन भएको पाथीभरा याङवरक गाउँपालिकामा दुई लाख २१ हजार ९६८ रुपियाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ ।
यस्तै सिदिङवा गाउँपालिकामा पाँच लाख ४५ हजार ४३७ रुपियाँ, सिरिजंघा गाउँपालिकामा आठ लाख २० हजार ५७३ रुपियाँ, आठराई त्रिवेणी गाउँपालिकामा तीन लाख ७८ हजार ५०२ रुपियाँ विनियोजन भएको बताइएको छ । कार्यालयका अनुसार मैवाखोला गाउँपालिकामा तीन लाख दुई हजार ३१५ रुपियाँ, मेरिङदेन गाउँपालिकामा चार लाख पाँच हजार ८४३ रुपियाँ, मिक्वाखोलामा सात लाख ४५ हजार ४२३ रुपियाँ र फक्ताङलुङ गाउँपालिकामा १३ लाख ७८ हजार ३३१ रुपियाँ विनियोजन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १६:५८
काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय ...
चैत्र २० गते, २०८२ - १६:५४
काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्...
चैत्र २० गते, २०८२ - १६:४९
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयअन्तर्गत समिति गठन गरेका छन्। राजस्व व्यवस्था...
चैत्र २० गते, २०८२ - १६:३१
काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडा...
चैत्र २० गते, २०८२ - १६:११
काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...
चैत्र २० गते, २०८२ - १६:११
काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...
चैत्र २० गते, २०८२ - १५:५९
काठमाडौँ । डोलप्रसाद अर्याल को सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभ...
चैत्र २० गते, २०८२ - १५:५१
काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना नगर्न सरकार र सरोकारवालाहरुलाई आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नहुँदै क...
चैत्र २० गते, २०८२ - १५:३८
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...
चैत्र २० गते, २०८२ - १५:११
फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...


प्रतिकृया लेख्नुहोस्: