फुङलिङ। मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ९३ लाख ३१ हजार ६६ रुपियाँ बढी राजस्व सङ्कलन भएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा कुल तीन करोड ७२ लाख ३९ हजार ४३७ रुपियाँ राजस्व सङ्कलन भएको छ । मालपोत कार्यलय ताप्लेजुङका प्रमुख निर्मल शेर्पाका अनुसार पुँजीगत लाभकरतर्फ एक करोड ८८ लाख ५० हजार ७६७ रुपियाँ र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपि प्रदान मार्फत एक करोड ८३ लाख ८८ हजार ६७० रुपियाँ गरी कुल तीन करोड ७२ लाख बढीको राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगत लाभकरमार्फत एक करोड १७ लाख १५ हजार ८०७ रुपियाँ र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपि प्रदानमार्फत एक करोड ६१ लाख ९२ हजार पाँच सय ६४ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०८१र०८२ मा रजिष्ट्रेशन दस्तुरबाट एक करोड ७४ लाख ९४ हजार ९०६ रुपियाँ, न्यायिक सेवामार्फत छ लाख ९५ हजार ६६४, मोठ–रोक्काबाट एक लाख सात हजार ४०० र प्रतिलिपि प्रदानमार्फत ९० हजार सात सय रुपियाँ राजस्व प्राप्त भएको कार्यालय प्रमुख शेर्पाको भनाइ छ । उहाँका अनुसार रजिष्ट्रेशन पारितबाट प्राप्त भएको कुल राजस्वको ४० प्रतिशत ७३ लाख ५५ हजार ४६८ रुपियाँ र ६० प्रतिशत एक करोड ३३ लाख २०२ रुपियाँ विनियोजन गरिएको छ ।
जसअन्तर्गत सबैभन्दा बढी एक करोड तीन लाख ९१ हजार २९२ रुपियाँ राजस्व सङ्कलन भएको फुङलिङ नगरपालिकामा ६२ लाख ३४ हजार ७७५ रुपियाँ र सबैभन्दा कम तीन लाख ६९ हजार ९४६ रुपियाँ सङ्कलन भएको पाथीभरा याङवरक गाउँपालिकामा दुई लाख २१ हजार ९६८ रुपियाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ ।
यस्तै सिदिङवा गाउँपालिकामा पाँच लाख ४५ हजार ४३७ रुपियाँ, सिरिजंघा गाउँपालिकामा आठ लाख २० हजार ५७३ रुपियाँ, आठराई त्रिवेणी गाउँपालिकामा तीन लाख ७८ हजार ५०२ रुपियाँ विनियोजन भएको बताइएको छ । कार्यालयका अनुसार मैवाखोला गाउँपालिकामा तीन लाख दुई हजार ३१५ रुपियाँ, मेरिङदेन गाउँपालिकामा चार लाख पाँच हजार ८४३ रुपियाँ, मिक्वाखोलामा सात लाख ४५ हजार ४२३ रुपियाँ र फक्ताङलुङ गाउँपालिकामा १३ लाख ७८ हजार ३३१ रुपियाँ विनियोजन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...
पौष १६ गते, २०८२ - १५:४६
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...




प्रतिकृया लेख्नुहोस्: