Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

पदच्युत नेता हसिनाका समर्थकसँग बङ्गलादेशी सेनाको झडप, चार जनाको मृत्यु

खबरडबली संवाददाता

ढाका। बङ्गलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन् ।

गत वर्ष अगस्टमा हसिनाविरुद्धको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नयाँ राजनीतिक पार्टीले हसिनाको पैतृक घर दक्षिणपश्चिमी गोपालगञ्ज जिल्ला र उनको अवामी लिग पार्टीको गढतर्फ पदयात्रा गर्ने घोषणा गरेपछि बिहान हिंसा भड्किएको थियो । अधिकारीहरूले पछि जिल्लामा रातिको कर्फ्यू लगाएका थिए ।

एघार महिनाअघि हसिनाको निष्कासनपछि बङ्गलादेश अराजकता र अनियन्त्रित भिडको हिंसाले ग्रस्त भएको छ । मुलुकको अन्तरिम सरकार बिग्रँदै गएको सुरक्षा अवस्थालाई नियन्त्रणमा ल्याउन असफल भएसँगै बुधबारको आक्रमणले देशको गहिरो विभाजनलाई उजागर गर्दछ ।

अराजक अवस्था 
टेलिभिजन फुटेजले हसिना समर्थक कार्यकर्ताहरूले लाठीले प्रहरीमाथि आक्रमण गरेको र विद्रोहको सम्झनामा नेसनल सिटिजन पार्टीका नेताहरू बोकेका करिब २० वटा गाडीमा आगो लगाएको देखाएको छ ।

पार्टीका नेताहरूले स्थानीय प्रहरी प्रमुखको कार्यालयमा शरण लिएका छन् । फुटेजमा शीर्ष नेताहरूलाई सैनिकहरूले सुरक्षाका लागि बख्तरबन्द गाडीमा लगेको देखाइएको थियो । तिनीहरू पछि सुरक्षा एस्कर्टहरूसँग छिमेकी जिल्लाका लागि प्रस्थान गरेका थिए ।

सरकारी अस्पतालका वरिष्ठ अधिकारी जिबितेश विश्वासले कम्तीमा तीन जनाको शव भित्र ल्याइएको पत्रकारलाई बताए। देशको प्रमुख अङ्ग्रेजी भाषाको डेली स्टारले चार जनाको मृत्यु भएको जनाएको छ ।

अन्तरिम सरकारले बुधबार विद्यार्थीहरूमाथि आक्रमण गर्नेहरू ‘दण्डविहीन’ नरहने बताएको छ र अन्तरिम नेता मुहम्मद युनुसको तर्फबाट जारी गरिएको विज्ञप्तिमा गोपालगञ्जमा भएको हिंसालाई ‘पूर्ण रूपमा अक्षम्य’ भनी वर्णन गरिएको छ ।

गत मे महिनामा अधिकारीहरूले प्रतिबन्ध लगाएको हसिनाको आवामी लिग पार्टीले सामाजिक सञ्जाल एक्समा धेरै वक्तव्यहरू जारी गरेर हिंसाको निन्दा गरेको छ र मृत्यु तथा घाइतेहरूका लागि अन्तरिम सरकारलाई दोष दिएको छ ।

एक आवामी वक्तव्यले भनेको छ, “हामी विश्वलाई सुरक्षा संयन्त्रको यो स्पष्ट दुरुपयोगलाई ध्यानमा राख्न आग्रह गर्छौं ।” विज्ञप्तिमा ‘असहमतहरू’ विरुद्ध भीड हिंसाको प्रयोग गरेको बताइएको छ ।

विद्यार्थी नेता नाहिद इस्लामले गोपालगञ्ज हिंसाका जिम्मेवारहरूलाई पक्राउ गर्न अधिकारीहरूलाई २४ घण्टाको अल्टिमेटम दिए र बिहीबार छिमेकी फरिदपुर जिल्लामा अर्को पदयात्रा गर्ने सम्भावना रहेको बताए ।

दक्षिणपन्थी जमात–ए–इस्लामी पार्टीले विद्यार्थी नेतृत्वको पार्टीमाथि भएको आक्रमणको निन्दा गरेको छ र बिहीबारका लागि सबै जिल्ला र मुख्य सहरहरूमा देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ ।

अशान्त राष्ट्र
झडपले राष्ट्रिय मेलमिलापको आशालाई कम गरेको भन्दै अन्तरिम सरकारका आलोचकहरूले बढ्दो ध्रुवीकरणको चेतावनी दिएका छन् । यद्यपि युनुसको प्रशासनले हसिनापछिको युगमा व्यवस्था ल्याउने वाचा गरेको छ । आलोचकहरूले अवस्था सुधार नभए लोकतन्त्रमा शान्तिपूर्ण सङ्क्रमण खतरामा पर्ने बताएका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता युनुसले हसिना पदच्युत भएर भारत भागेको तीन दिनपछि देशको जिम्मेवारी लिएको थिए र व्यवस्था पुन:स्थापना गर्ने वाचा गरेको थिए । उनले आगामी वर्षको अप्रिलमा नयाँ चुनाव हुने वाचा गरेको छन् ।

हसिनाले अहिले मानवता विरुद्धको अपराधको आरोपको सामना गरिरहेको छन् भने सरकारले उनलाई भारतबाट सुपुर्दगी गर्न खोजिरहेको छ । भारतले बङ्गलादेशको अनुरोधलाई कुनै प्रतिक्रिया दिएको छैन ।

गोपालगञ्ज राजनीतिक रूपमा संवेदनशील जिल्ला हो । हसिना बुबाको समाधि त्यहाँ अवस्थित छ । देशको स्वतन्त्रता नेता शेख मुजीबुर रहमानलाई सन् १९७५ मा सैन्य कूमा उनको परिवारका अधिकांश सदस्यसँगै हत्या भएपछि त्यहाँ गाडिएको थियो ।

नेसनल सिटिजन पार्टीले बङ्गलादेशी राजनीतिमा आफूलाई नयाँ शक्तिका रूपमा स्थापित गर्ने अभियानको एक हिस्साका रूपमा सबै जिल्लामा हुने भन्दै महिनाको सुरुमा आफ्नो ‘राष्ट्र पुनर्निर्माणका लागि जुलाई मार्च’ सुरु गरेको थियो ।

बङ्गलादेशको राजनीतिक विगत मुख्यतया दुई वंशवादी पार्टीहरू – हसिनाको आवामी लिग र उहाँका प्रतिद्वन्द्वी एवम् पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वमा रहेको बङ्गलादेश राष्ट्रवादी पार्टी (बिएनपी) द्वारा हावी भएको छ । हसिनाको पार्टीको अनुपस्थितिमा सत्तामा आउने आशा राख्ने बिएनपी बुधबारको हिंसाको बारेमा मौन छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending