Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

बौद्धभिक्षुहरूसँग शारीरिक सम्बन्ध राखेर पछि भिडिओ देखाउँदै पैसा असुल्ने थाई महिला पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । थाईल्यान्डमा बौद्धभिक्षुहरूसँग यौन सम्बन्ध राखेर पछि त्यस बेलाको फोटो र भिडिओ प्रयोग गर्दै उनीहरूसँग ठूलो मात्रामा पैसा असुलेको आरोप लागेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई 'मिस गल्फ' उपनाम दिइएको छ।

प्रहरीका अनुसार 'मिस गल्फ'ले कम्तीमा नौ भिक्षुसँग सम्बन्ध राखेकी थिइन्। उनले विगत तीन वर्षमा उनीहरूबाट ३८.५ करोड भाट (१.१९ करोड अमेरिकी डलर) लिएको प्रहरीको भनाइ छ।

उनको घर खानतलासी गर्दा अनुसन्धानकर्ताहरूले 'ब्ल्याक्मेल' गर्न प्रयोग गरिएका ८०,००० वटाभन्दा बढी फोटो र भिडिओ फेला परेको प्रहरीका प्रवक्ताले बताएका छन्।

यो प्रकरणले थाईल्यान्डमा निकै सम्मानित बौद्ध संस्थालाई फेरि एक पटक तरङ्गित बनाइदिएको छ। थाईल्यान्डमा केही वर्षयतादेखि बौद्धभिक्षुहरू यौन अपराध र लागुपदार्थ ओसारपसारका घटनामा संलग्न हुने गरेको आरोप बढ्दो क्रममा छ।

जुन महिनाको मध्यतिर एक महिलाले पैसा असुलेपछि ब्याङ्ककस्थित एक मन्दिरका प्रमुखले भिक्षुजीवन छोडेको घटनासँगै प्रहरीले यो प्रकरणबारे पहिलो पटक जानकारी पाएको थियो।

प्रहरीका अनुसार मिस गल्फ र ती भिक्षुबीच मे २०२४ मा "सम्बन्ध रहेको" थियो। पछि उनले आफूले ती भिक्षुको बच्चा जन्माएको भन्दै त्यो बच्चा हुर्काउन ७० लाख भाटभन्दा बढी रकम मागेको प्रहरीको भनाइ छ।

त्यसपछि अधिकारीहरूले अरू भिक्षुहरूले पनि मिस गल्फलाई पैसा पठाएको र उनले त्यसरी पैसा असुल्ने गरेको पत्ता लगाए।

प्रहरीका अनुसार उनले लगभग पूरै पैसा ब्याङ्कबाट निकालिसकेकी थिइन्। त्यसमध्ये केही रकम उनले अनलाइन जुवा खेल्न खर्च गरेको प्रहरीले जनाएको छ।

उनलाई डरधम्की देखाएर पैसा असुलेको, सम्पत्ति शुद्धीकरण गरेको र चोरी गरिएका सामान लिएको जस्ता विभिन्न अभियोग लगाइएको छ। प्रहरीले "दुराचरी भिक्षुहरूबारे" उजुरी लिन एउटा हटलाइन पनि सुरु गरेको छ।

दबावमा थाई सङ्घ

यो प्रकरणपछि थाई बौद्धधर्मको सर्वोच्च निकाय 'सर्वोच्च सङ्घ परिषद्‌'ले बौद्धमन्दिरका नियमहरूको समीक्षा गर्न विशेष समिति बनाउने बताएको छ।

सरकार पनि नियम भङ्ग गर्ने भिक्षुहरूलाई गम्भीर दण्ड दिने पक्षमा देखिएको छ।

यो साता थाई राजा वाचिरालोङ्कोर्नले गत जुन महिनामा आफूले ८१ भिक्षुलाई प्रदान विशिष्ट उपाधिहरू प्रदान गर्न जारी गरेको आदेश फिर्ता लिएका छन्। दुराचारका घटनाहरूले "बौद्धमार्गीहरूको मन निकै पीडित भएको" उनको भनाइ छ।

थाईल्यान्डको ९० प्रतिशत जनसङ्ख्या बौद्धमार्गीको छ। त्यहाँ भिक्षुहरूलाई निकै सम्मान गरिन्छ। पुण्य प्राप्त हुने अपेक्षामा धेरै थाई पुरुषहरू छोटो अवधिका लागि भए पनि भिक्षु बन्ने प्रचलन अहिले पनि छ।

सन् २०१७ मा निजी विमान चढ्ने र विलासी जीवनयापन गर्ने भिक्षु विरापोन सुखापोनबारे संसारभरि चर्चा भएको थियो। उनलाई यौन अपराधको कसुर, जालसाजी र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको थियो। पछि उनलाई ११४ वर्षको जेल सजाय सुनाइयो।

सन् २०२२ मा थाईल्यान्डको एउटा उत्तरी प्रान्तमा अवस्थित मन्दिरका सबै चार भिक्षुलाई लागुपदार्थ राखेको अभियोगमा पक्राउ गरिएपछि उक्त मन्दिर नेतृत्वविहीन भएको थियो।

थाई सङ्घभित्र वर्षौँदेखि अनुशासन र उत्तरदायित्वसम्बन्धी प्रश्न उठ्दै आएको छ। तर धेरैले सयौँ वर्ष पुरानो उक्त संस्थामा खासै परिवर्तन नभएको ठानेका छन्। विज्ञहरू समस्याको मुख्य कारक सङ्घभित्र विद्यमान मर्यादाक्रममा रहेको औँल्याएका छन्।

"त्यहाँ थाई कर्मचारीतन्त्रसँग मिल्दोजुल्दो तानाशाही प्रणाली छ जहाँ वरिष्ठ भिक्षुहरू वरिष्ठ अधिकारीजस्तै हुन्छन् भने कनिष्ठ भिक्षुहरू तिनका सहायक," बौद्ध विद्वान् सुराफोत थवीसाक भन्छन्।"

"केही अनुचित कुरा देखिहाले भने पनि उनीहरू बोल्ने आँट जुटाउँदैनन् किनभने त्यसो गर्‍यो भने उनिहरू सजिलै मन्दिरबाट निकालिन सक्छन्।"

अहिले प्रहरी र सर्वोच्च सङ्घ परिषद्‌ दुवैले यस प्रकरणमा अनुसन्धान गरिरहेका छन्। धेरैले त्यसबाट सुधारको बाटो खुल्ने आशा राखेका छन्।

"महत्त्वपूर्ण कुरा सत्य उजागर गर्नु हो। त्यसबाट सर्वसाधारण मानिसहरू सङ्घको निर्दोषताबारे विद्यमान संशयबाट मुक्त हुन पाउँछन्," ब्याङ्ककस्थित थमसाट यूनिभर्सिटीको समाजशास्त्र विभागका प्राकिरति सुत भन्छन्।

"संस्था जोगाउन सर्वोच्च सङ्घ परिषद्‌ले आफूमै केही छाँटकाँट गर्छ कि गर्दैन भन्ने कुरामा त्यो निर्भर रहन्छ।" बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending