Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

आयुर्वेद चिकित्सा- फाइदा धेरै, प्रचार थोरै

खबरडबली संवाददाता

बागलुङ । बदलिँदो जीवनशैली, अस्वस्थकर खानपानलगायत कारणले स्वास्थ्य समस्या बढ्दै छन् । समस्या समाधानका लागि मानिसले उपचारका लागि सुविधा सम्पन्न अस्पताल धाइरहेकै छन् । 

पछिल्लो समय भने आयुर्वेद चिकित्सातर्फ पनि चासो बढ्न थालेको छ । धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा उपचारका लागि आउने बिरामीको सङ्ख्याले यस्तै देखाउँछ । पछिल्लो तथ्याङ्कअनुसार आयुर्वेद उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । 

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमा ११ हजार ४५५ बिरामीले सेवा लिन आएकामा आर्थिक वर्ष २०८१/८२ मा उक्त सङ्ख्या बढेर १७ हजार ५४८ पुगेको धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा शरद् पन्थीले जानकारी दिए । 

उनका अनुसार अस्पताल र अन्य आयुर्वेद उपचार केन्द्रमा आएको बिरामीको सङ्ख्यालाई हेर्दा बर्सेनि बिरामीको सङ्ख्यामा वृद्धि भएको पाइएको र आयुर्वेद शिक्षा बढाउन आवश्यक रहेको छ । 

गत आर्थिक वर्षमा जिल्लाभर रहेका नौ वटा आयुर्वेद सेवा केन्द्र र आयुर्वेद अस्पतालमा बिरामीको सङ्ख्या ३० हजार ४७८ रहेकामा आव २०८१/८२ मा ३६ हजार ४९५ पुगेको छ । 

आयुर्वेद शिक्षाका लागि नागरिक आरोग्य अभियान चलाइएको, आयुर्वेद अस्पतालमा तीन जना डाक्टरले सेवा दिइराखेको र आयुर्वेद औषधि उपचारमा नागरिकको भरोसा बढ्दै गएका कारण बिरामीको सङ्ख्यामा वृद्धि भएको पन्थीको भनाइ छ । 

“हामीले अपनाएको खानपान र जीवनशैलीले गर्दा धेरै रोगको निम्त्याइरहेको छौँ । खानपान र जीवनशैलीमा सुधार ल्याउन सकेको खण्डमा आफूलाई स्वस्थ बनाउन सक्छौँ । शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्त्वको मात्रा हेरेर खानपान गर्न सकेमा स्वास्थ्य बलियो हुन्छ, आयुर्वेद उपचार पद्धति रोगको जरासम्म पुग्ने उपचार पद्धति रहेकाले नागरिकको भरोसा बढ्दै गएको छ ।” 

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख रमेश केसी पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले आयुर्वेदको मर्मअनुसार जीवनशैली अपनाउन आवश्यक रहेको बताउँछन् । 

“सन् १९९० मा सर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढी थियो, पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ”, उनले भने, “स्वस्थ र अर्ग्यानिक खानेकुरा खाने र नियमित शारीरिक व्यायामले नसर्ने रोगबाट बचाउन सकिन्छ । आयुर्वेदले यसका लागि सहयोगी भूमिका खेल्छ ।”

डा पन्थी बदलिँदो अवस्थाअनुसार विभिन्न रोग व्याधि बढ्दै गएका अवस्थामा आयुर्वेद उपचारको उपयोगिता बढ्दै गएका, तर प्रचारप्रसारको अभावमा अझै व्यापकता पाउन नसकेको बताउँछन् । उनी भन्छन्,“आयुर्वेदको महत्त्व र फाइदा धेरै छ, तर यसको पर्याप्त प्रचार हुन सकेको छैन । त्यसैले यसको उपयोगिताबारे व्यापक प्रचारको आवश्यकता छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending