Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

नमुना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण

खबरडबली संवाददाता

चितवन । इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं २,३, ५, ६ र ७ का किसानलाई सुन्तलाको बिरुवा वितरण गरेको हो ।

शाखा अधिकृत समीक्षा पौडेलका अनुसार कलमी बिरुवा दुई हजार पाँच सय र बीज बिरुवा १५ हजार वितरण गरिएको हो । सुन्तलाको क्षेत्र विस्तार तथा नमुना बगैँचा बनाउने योजनाका साथ सुन्तलाका बिरुवा वितरण गरिएको हो । प्रदेश सरकारले सुन्तला प्रवर्द्धन कार्यक्रमलाई सहयोग गरेको उनले बताए । 

बिरुवा वितरणसँगै यहाँको सुन्तला लगाइएको क्षेत्रफल बढेको छ । उनले भने, “सुन्तलाको क्षेत्रफल बढेको छ । पहिला सुन्तला लगाएको बगैँचा ८५ हेक्टर क्षेत्रफल भएकोमा अहिले बढेर ९० पुगेको छ ।”

सुन्तला लगाएको बगैँचामा मरेका बिरुवालाई प्रतिस्थापन गरेर नयाँ बिरुवा लगाइएको छ, भने नयाँ बगैँचा थपिएको छ । कार्यालयले सुन्तलाको क्षेत्रफल विस्तारसँगै नमुना बगैँचा बनाउने कार्यक्रम राखेको भए पनि काम हुन नसकेको उहाँले जानकारी दिए । नमुना सुन्तला बगैँचा स्थापना, गुरु किसान परिचालनको काम भने हुन नसकेको उनले बताए । 

शाखा अधिकृत पौडेलका अनुसार गुरु किसान छनोट गरेर प्रक्रिया अघि बढाउने क्रममा किसानले चासो नदेखाएपछि यो कार्यक्रम स्थगित भएको हो । उनले भने, “किसानले इच्छा जायर नगरेपछि समस्या भयो ।” वडा नं ३ बाट किसान छनोट गरिएको भए पनि काम हुन नसकेको उनले बताए ।

गुरु किसान परिचालन गर्न नसक्दा नमुना बगैँचा बनाउने कामसमेत रोकिएको उनले जानकारी दिए । गुरु किसानले आफूले जानेका सीपलाई किसानलाई सिकाउने र नमुना बगैँचा बनाउने योजना रहेको थियो । गुरु किसान बन्न किसान नआएपछि गाउँपालिकाको रु चार लाख खर्च हुन सकेको छैन ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending